श्रीलङ्का आक्रमण: विस्फोटन गराएको आरोप लागेको न्याश्नल तौहिद जमात के हो?

श्रीलङ्का आक्रमण

तस्बिर स्रोत, Reuters

श्रीलङ्कामा झन्डै तीन सय जनाको मृत्यु हुनेगरी भएका शृङ्खलाबद्ध विस्फोटन न्याश्नल तौहिद जमात नाम गरेको जिहादी समूहले गराएको आरोप सरकारले लगाएको छ।

तर आइतवार गिर्जाघर र होटलहरूमा भएका आक्रमणको जिम्मा हालसम्म कसैले लिएको छैन।

सरकारी पक्षले आरोप लगाएपछि निकै कम नाम सुनिएको सो समूह के हो र कसले सञ्चालन गर्छ भन्ने प्रश्न उठेका छन्।

आइतवार इसाईहरूले इस्टर पर्व मनाइरहँदा देशका विभिन्न स्थानमा शक्तिशाली विस्फोटनहरू भएका थिए। अधिकांश विस्फोटनहरू आत्मघाती भएको बताइएको छ।

कसरी बन्यो यो समूह?

श्रीलङ्का सरकारका प्रवक्ताले पहिलो चोटि न्याश्नल तौहिद जमातबारे सोमवार उल्लेख गरेका थिए।

त्यतिबेलासम्म अधिकांश श्रीलङ्कालीले उक्त समूहको नामै सुनेका थिएनन्।

उक्त समूह अतिवादी इस्लामिक समूह श्रीलङ्का तौहिद जमातबाट टुक्रिएर बनेको विश्वास गरिएको छ। श्रीलङ्का तौहिद जमात आफैँमा त्यति परिचित नाम नभए पनि स्थापित समूह हो।

बौद्ध धर्मबारे घृणा फैलाएको आरोपमा उक्त समूहका सचिव अब्दुल रजिकलाई सन् २०१६ मा पक्राउ गरिएको थियो। पछि उनले क्षमायाचना गरेका थिए।

श्रीलङ्का आक्रमण

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, रजित सेनारत्ने

केही विवरणहरूमा न्याश्नल तौहिद जमातलाई गत डिसेम्बरमा श्रीलङ्काका बौद्ध धर्म मान्नेहरूका विभिन्न मन्दिरमा भएको विध्वंससँग पनि जोडेर हेरेका छन्।

कति ठूलो छ यो समूह?

श्रीलङ्काको जनसङ्ख्या झन्डै दुई करोड १० लाख छ। त्यसमा मुस्लिम समुदायको जनसङ्ख्या ९.७ प्रतिशत जति छ।

तर न्याश्नल तौहिद जमात अतिवादी मुस्लिमहरूको सानो समूह हो।

सामाजिक सञ्जालमा सो समूहको उपस्थिति समेत निकै पातलो छ।

श्रीलङ्का आक्रमण - गिर्जाघर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, विस्फोटन हुँदा सयौँ मानिसहरू गिर्जाघरमा प्रार्थना गर्न भेला भएका थिए

सो समूहको फेसबुक पेज भए पनि केही हप्ताको अन्तरालमा मात्र त्यसमा नयाँ सन्देश वा सामग्री देखिन्छ। उसको ट्विटर सन् २०१८ को मार्चयता सक्रिय छैन।

उसको वेबसाइट पनि निष्क्रिय छ। तर उक्त वेबसाइट पहिलादेखि नै निष्क्रिय थियो कि आइतवारको आक्रमणपछि निष्क्रिय पारिएको हो भन्ने बारे भने स्पष्ट छैन।

के उनीहरूलाई अरू समूहको सहयोग होला?

सरकारका प्रवक्ता राजित सेनारत्नेले सोमवार पत्रकारहरूसँग कुराकानी गर्दै "सम्भावित आक्रमणबारे विदेशी गुप्तचर निकायबाट धेरै पटक चेतावनी आएको" बताएका छन्।

श्रीलङ्काका अधिकारीहरूसँग सम्भावित घटनाबारे पहिले नै सूचना थियो भन्ने पुष्टि गर्ने योबाहे अरू आधार पनि छन्।

दूरसञ्चार सेवासम्बन्धी मामिला हेर्ने मन्त्री हरिन फर्नान्डोले श्रीलङ्काका प्रहरी प्रमुखले यसै महिनाको सुरुवाततिर पठाएका दस्ताबेज ट्वीट गरेका छन्।

उक्त दस्ताबेजमा न्याश्नल तौहिद जमातको नाम पटकपटक उल्लेख गरिएको छ भने समूहले गिर्जाघर र भारतीय उच्च आयोगमाथि आक्रमण गर्ने तयारी गरिरहेको चेतावनी दिइएको छ।

दस्ताबेजमा उक्त समूहका नेता मोहमद जहरान को समेत नाम उल्लेख गरिएको छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

इन्टरन्याश्नल क्राइसिस ग्रूपका श्रीलङ्का हेर्ने निर्देशक यालन किननले बीबीसीसँगको कुराकानीमा मावानेलामा यसअघि भएको घटनामा संलग्न समूहनै हालको घटनामा संलग्न भएको देखिएको बताएका छन्।

"प्रहरीले युवाहरूको एउटा समूहलाई पक्राउ गरेको छ। उनीहरू गोप्य दस्ताबेजमा नाम उल्लेख गरिएका एक प्रचारकको विद्यार्थी रहेको बताइएको छ," उनले थपे।

श्रीलङ्का आक्रमण

तस्बिर स्रोत, Reuters

तर न्याश्नल तौहिद जमात निकै सानो समूह भएकाले अधिकारीहरूले उनीहरू एक्लैले उक्त घटनामा घटाएको बारे आशङ्का व्यक्त गरेका छन्।

"हामीले अहिले उनीहरूले प्राप्त गरेको अन्तर्राष्ट्रिय समर्थनबारे अध्ययन गरिरहेका छौँ। उनीहरूले कसरी यस्ता किसिमका बम र आत्मघाती आक्रमणकारी ल्याए भन्नेबारे अध्ययन भइरहेको छ," सेनारत्नेले भने।

श्रीलङ्काको राष्ट्रपति कार्यालयले भने उक्त समूहको नाम उल्लेख नगरीकन घटनामा जुनसुकै समूह संलग्न भए पनि उनीहरूले देशबाहिरबाट समर्थन प्राप्त गरेको बताएको छ।

"गुप्तचर संस्थाहरूका अनुसार उक्त घटनमा स्थानीय आतङ्कवादी समूहलाई अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठनले साथ दिएका छन्," राष्ट्रपति मैत्रिपाला सिरिसेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

"उनीहरूसँग लड्नका लागि अन्तर्राष्ट्रिय सहयोग मागिनेछ।"

Presentational grey line

यो पनि पढ्नुहोस्