श्रीलङ्का आक्रमणः विध्वंसका तस्बिर

श्रीलङ्का

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, बाटिकालोआका बन्द रहेका पसलनजिक तैनाथ एकजना श्रीलङ्काली सैनिक

श्रीलङ्काका गिर्जाघर तथा होटलहरूमा भएका शृङ्खलाबद्ध बम हमलामा झण्डै तीन सयजना मारिएका छन् भने कम्तीमा पाँच सयजना घाइते भएका छन्।

गिर्जाघर र होटलहरूमा भएका हमलाले त्यहाँ दशकौँसम्म चलेको गृहयुद्धलाई फेरि सम्झाइदि‍एको छ।

अहिले देशभरिका गिर्जाघरको सुरक्षा सैनिकहरूले गरिरहेका छन् र मृतकका आफन्तहरू शहरका शवगृहमा शव पहिचान गर्न प्रयासरत छन्।

बाटिकालोआस्थित जायन गिर्जाघरमा विस्फोट भएपछि एउटा शवगृहबाहिर एक स्वास्थ्यकर्मी यसरी थकाइ मारिरहेको देखिए।

Sri Lankan hospital workers stand at the door to a morgue following a blast in a church in Batticaloa

तस्बिर स्रोत, AFP

पहिचान भइसकेका मृतकका आफन्तहरू ठूलो पीडामा छन्।

A man is hunched over outside a hospital in Batticaloa

तस्बिर स्रोत, AFP

अर्को विस्फोट कोलम्बोको छिमेकी कोच्चिकाडेस्थित सेन्ट एन्टोनीको धार्मिकस्थलमा भयो जहाँ सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति छ।

Sri Lankan security forces secure the area around St. Anthony's Shrine after an explosion hit St Anthony's Church in Kochchikade

तस्बिर स्रोत, Getty Images

आक्रमणपछि कोलम्बोका केही बौद्ध भिक्षुहरूले सेन्ट एन्टोनीको धार्मिकस्थलको भ्रमण गरे।

सन् २०१२ को जनगणना अनुसार श्रीलङ्काको जनसङ्ख्यामध्ये ७० दशमलव २ प्रतिशत थेरवादी बौद्ध धर्मावलम्बी छन् र यो बहुसङ्ख्यक सिंहालीको धर्म हो।

Buddhist monks stand in front of the St. Anthony's Shrine, Kochchikade

तस्बिर स्रोत, Reuters

होटलहरूलाई पनि निशाना बनाइएको थियो। सबैभन्दा बढी क्षति कोलम्बोस्थित किङ्ग्सबरी होटलमा पुगेको थियो।

A general view showing the damages after an explosion hit Kingsbury Hotel in Colombo

तस्बिर स्रोत, EPA

कटुवापिटियास्थित सेन्ट सेबास्टियनको गिर्जाघरमा अधिकारीहरूले अवलोकन गरिरहँदा क्याथोलिक पादरीहरू भित्र प्रतीक्षारत थिए। उनीहरू रगतका छिट्टा परेका जिसस क्राइस्टको शालिकको छेउमा उभिरहेका थिए।

Catholic priests stand inside the church after a bomb blast in Negombo

तस्बिर स्रोत, Reuters

सोही गिर्जाघरमा स्थानीयवासी र प्रहरीहरूले सेन्ट जेम्सको एउटा शालिकलाई हेरिरहे।

A statue of St. James is pictured after a bomb blast inside a church in Negombo

तस्बिर स्रोत, EPA

एम्बुलेन्स, अग्निनियन्त्रक र प्रहरी अधिकारीहरूले कोलम्बोको कोच्चिकाडेस्थित सेन्ट एन्टोनीको धार्मिकस्थलबाहिर शान्ति कायम गर्ने प्रयत्न गरे।

Sri Lankan security forces secure the area around St. Anthony's Shrine after an explosion hit St Anthony's Church in Kochchikade

तस्बिर स्रोत, Getty Images

र, श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घ कडा सुरक्षाबीच गिर्जाघर आइपुगे।

Sri Lankan Prime Minister Ranil Wickremesinghe (C-R) arrives at the scene after an explosion at St Anthony's Church in Kochchikade in Colombo

तस्बिर स्रोत, EPA

सबै तस्बिरमा प्रतिलिपि अधिकार सुरक्षित छ