नोट्र-डाम गिर्जाघर: आगलागी हुनुअगाडि बाहिर खिचिएको यो तस्बिरको ठूलो चर्चा

बाबु र छोरी ठानिएका दुई जना रमाउँदै

तस्बिर स्रोत, BROOKE WINDSOR

फ्रान्सको राजधानी प्यारिसको नोट्र-डाम गिर्जाघरमा आगलागी हुनु केही मिनेटअघि सो प्राचीन गिर्जाघरबाहिर खिचिएको यो तस्बिरबारे सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ।

तस्बिरमा सो ऐतिहासिक स्मारकबाहिर एक पुरुषले एक बालिकालाई उचालेर घुमाइरहेको र दुवैजना प्रसन्न मुद्रामा भएको देखिन्छ।

त्यतिखेर त्यहाँ पुगेकी २३ वर्षीया एक पर्यटक ब्रुक विन्डसरका अनुसार उनले त्यो तस्बिर गिर्जाघरमा आगलागी हुनुभन्दा करिब एक घण्टापहिले खिचेकी थिइन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

आगलागी भएपछि उनले ती दुई जना कहाँ होलान् भनेर उनले त्यो तस्बिर ट्विटरमा राखिदिइन्।

उनको ट्वीट झन्डै हजारौँ पटक रिट्वीट भएको छ।

आशावादी

आगलागी

तस्बिर स्रोत, Getty Images

मिशिगन अमेरिकाबाट प्यारिस आएकी विन्डसरले बीबीसीलाई बताएअनुसार उनले अझै ती पुरुष र बालिकाको स्थिति थाहा पाउन सकेकी छैनन्।

तर उनी दुवैजना कहाँ होलान् भनेर थाहा पाउनेमा आशावादी छन्।

उनले ती पुरुष र बालिका बाबुछोरी नै भएको आफूलाई पक्का नभएको बताएकी छन्।

तर त्यो क्षणलाई हेर्दा उनीहरू बाबुछोरी जस्तो आफूलाई लागेको बताइन्।

मूकदर्शक

उनले ट्विटरमा सन्देश लेख्दै ती दुई जनाई फेला पार्न आफूलाई सहयोग गर्न सार्वजनिक आग्रह गरेकी थिइन्।

उनले ती पुरुष पनि आगलागी भएपछि आफूजस्तै आहत भएको हुन सक्ने बताइन्।

विन्डसरका अनुसार आगलागी भएपछि उनले पनि हजारौँ मानिससँगै उभिएर त्यो दन्किएको हेरिरहिन्।

उनले बीबीसीसित भनिन्, "हामीले प्यारिसवासीले जस्तै अत्यन्त स्तब्ध भएर कथिड्रल जलिरहेको दृश्य भएर हेर्‍यौँ।"

आगो निभाउन आएको दमकल

तस्बिर स्रोत, Getty Images