नोट्र-डाम कथिड्रल: प्यारिसस्थित ८५० वर्ष पुरानो गिर्जाघरमा भीषण आगलागी

साढे आठ सय वर्ष पुरानो कथिड्रलमा भीषण आगलागी

तस्बिर स्रोत, Getty Images

फ्रान्सको राजधानी प्यारिसस्थित मध्ययुगीन नोट्र-डाम कथिड्रलमा भीषण आगलागी हुँदा भवनमा आंशिक क्षति भएको छ।

साढे आठ सय पुरानो गोथिक भवनको शिखर र छाना खसेको छ। यद्यपि दुईवटा बेल टावरसहित प्रमुख संरचना जोगिएको अधिकारीहरूले बताएका छन्।

टोलीहरूले सो प्राचीन गिर्जाघरभित्र रहेका कलाकृतिलाई जोगाउने प्रयत्न गरिरहँदा अग्निनियन्त्रकहरू आगो नियन्त्रणमा लिन अझै प्रयासरत छन्।

राष्ट्रपति एमानुएल माक्रोँले आगलागीलाई एउटा "ठूलो विपद्‌"को सङ्ज्ञा दिएका छन्। आगलागीको कारण अझै स्पष्ट हुन सकेको छैन।

अधिकारीहरूले जीर्णोद्धार कार्यसँग आगलागीको सम्बन्ध हुन सक्ने बताएका छन्।

ढुङ्गाहरू चर्किन थालेपछि कथिड्रल भत्किन सक्ने आशङ्कामा त्यसको जीर्णोद्धार थालिएको थियो।

प्यारिसको अभियोजनकर्ताको कार्यालयले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, आगो लाग्दा यस्तो देखियो
Presentational white space

घटनास्थलमा भावुक देखिएका राष्ट्रपति माक्रोँले कथिड्रलको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय रूपमा रकम सङ्कलन अभियान थाल्ने प्रतिबद्धता जनाए।

आगो कसरी फैलियो?

स्थानीय समयानुसार सोमवार साँझ साढे ६ बजे सुरु भएको आगलागी छिट्टै कथिड्रलको छानासम्म फैलियो।

कथिड्रलको शिखरलाई खसाल्नुअघि आगोले रङ्गीन सिसाका झ्यालहरू र काठका सजावटलाई ध्वस्त बनायो।

एउटा बेल टावरलाई जोगाउने प्रयासमा झन्डै पाँच सयजना अग्निनियन्त्रक जुटेका थिए।

साढे आठ सय वर्ष पुरानो कथिड्रलमा भीषण आगलागी

तस्बिर स्रोत, Getty Images

त्यसको चार घण्टाभन्दा बढी समयपछि प्रमुख अग्निनियन्त्रक जाँ क्लोड गालेले प्रमुख संरचनालाई पूर्णरूपमा क्षतिग्रस्त हुनबाट "जोगाउन र संरक्षण गर्न" सफल भएको बताए।

प्यारिसका उपमेयरले भवनमा "व्यापक क्षति" भएको बताउँदै बाँकी कलाकृतिहरू जोगाउन टोलीहरू प्रयासरत रहेको बताए।

फ्रान्सको बीएफएमटीभीसँग कुरा गर्दै इतिहासविद्‌ कामी पास्कलले आगलागीले अमूल्य सम्पदा नष्ट गरेको बताए।

"आठ सय वर्षदेखि प्यारिसमा नोट्र-डाम कथिड्रल हेरिँदै आएको छ। शताब्दिऔँदेखि सुख र दुःख सबै घटनामा नोट्रु-डामको घण्ट बज्दै आएको थियो।"

उनले थपे, "हामी आजको दृश्य देखेर स्तब्ध मात्र हुन सक्छौँ।"

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

गत वर्ष फ्रान्सको क्याथोलिक गिर्जाघरले जीर्ण भएको भन्दै सो भवनलाई जोगाउनका निम्ति सहयोग गर्न आह्वान गरेको थियो।

जर्मन चान्सलर मर्केलले नोट्र-डाम कथिड्रललाई "फ्रान्सेली र युरोपेली संस्कृतिको एउटा प्रतीक" भन्दै फ्रान्सेली नागरिकलाई सहयोगको प्रस्ताव गरेकी छन्।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि आगलागीको घटनाप्रति चिन्ता व्यक्त गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

बर्सेनि लाखौँ मानिसले नोट्रु-डाम कथिड्रलको अवलोकन गर्ने गर्छन्।

मानिसहरूले कसरी प्रतिक्रिया जनाए?

आगलागीको दृश्य हेर्न हजारौँ मानिस कथिड्रल वरिपरिका सडकमा भेला भएका थिए।

कतिपय मानिसहरूले रोइरहेको देखियो थिए भने कतिपयले प्रार्थना गरिरहेका थिए।

प्यारिसका थुप्रै गिर्जाघरहरूले आगलागीप्रति प्रतिक्रिया जनाउँदै घण्ट बजाएका थिए।

फ्रान्समा महिनौँदेखि भइरहेका प्रदर्शनका पृष्ठभूमिमा राष्ट्रपति माक्रोँले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन आगलागीको घटनालाई लिएर स्थगित गरे।

Presentational grey line

यो पनि पढ्नुहोस्