रहफ मोहम्मद अल-कुकुन: भागेर थाईल्यान्ड पुगेको चार दिनपछि भन्छिन्, 'म खुसी छु'

तस्बिर स्रोत, TWITTER/RAHAF
संयुक्त राष्ट्रसङ्घले उनलाई शरणार्थीको मान्यता दिएको र अस्ट्रेलियाले शरण दिन गरिएको सिफारिसमा प्रक्रिया थालेको समाचार सार्वजनिक भएपछि साउदी युवती रहफ मोहम्मद अल-कुकुनले आफू हर्षित भएको टिप्पणी गरेकी छन्।
सामाजिक सञ्जाल टि्वटरमा उनले 'म खुसी छु' भनेर लेखेकी छन्।
इस्लाम परित्याग गरेकाले परिवारबाटै आफ्नो हत्या हुन सक्ने दाबी गर्दै उनी भागेर चार दिनअघि थाईल्यान्ड पुगेकी थिइन्।शरण खोज्न कुवेतबाट भागेर अस्ट्रेलिया जान लागेकी उनलाई ब्याङ्ककस्थित विमानस्थलमा नियन्त्रणमा लिइएको थियो।
"कसैलाई पनि आफ्नो पखेटा भाँच्न नदिनुहोस्...। सङ्घर्ष गर्नुहोस् र आफ्नो अधिकार लिनुहोस्," उनले अर्को ट्वीटमा लेखेकी छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1

उनले आफूलाई सघाउने दुई साथीलाई धन्यवाद पनि दिएकी छन्।
यसअघि ती अठार वर्षीया युवतीलाई संयुक्त राष्ट्र्सङ्घले शरणार्थीको मान्यता दिएको अस्ट्रेलिया सरकारले जनाएको थियो।
रहफ मोहम्मद अल-कुकुनले गत सप्ताहान्तदेखि संयुक्त राष्ट्रसङ्घ र विभिन्न देशसँग आफूलाई शरण दिन आग्रह गरिरहेकी थिइन्।
थाई अध्यागमनको नियन्त्रणमा परेपछि ट्विटरबाट उनले आफू र त्यहाँ भएका घटनाक्रमबारे अविच्छिन्न रूपमा जानकारी दिन थालिन् र पूरै विश्वको ध्यान आकर्षित गरिन्।
थाई अधिकारीहरूले सोमवार उनलाई कुवेत फिर्ता पठाउने प्रयास गरेका थिए। तर आफू असुरक्षित भएको भन्दै उनले नजाने अडान लिएकी थिइन्।

सोमवार साँझ उनलाई संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीएचआरको संरक्षकत्वमा सुवर्णभूमि विमानस्थलबाट बाहिर जाने अनुमति दिइएको थियो।
यूएनएचसीएचआरले ती युवतीको मागबारे विचार गर्न अस्ट्रेलियालाई औपचारिक सिफारिस गरेको थियो।
अस्ट्रेलिया सरकारको डिपार्ट्मेन्ट अफ होम अफेअर्सले एउटा विज्ञप्ति प्रकाशित गर्दै सो सिफारिसलाई नियमित तरिकाले हेर्ने जनाएको छ।
तर सरकारले सो विषयमा थप टिप्पणी नगर्ने विज्ञप्तिमा उल्लेख छ।

तस्बिर स्रोत, AFP/Getty Images
यूएनएचसीएचआरको थाईल्यान्डस्थित कार्यालयले पनि प्रतिक्रिया दिन मानेन।
रहफलाई ट्विटर चलाउन सघाउने उनकी साथीले भने अर्थपूर्ण रूफमा 'हामी विजयी भयौँ' भन्ने आशयको ट्वीट गरेकी छन्।
प्रवेशाज्ञा दिनुअघि मोहम्मद अल-कुकुनको चरित्र र सुरक्षाबारे परीक्षण हुने बताइएको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2

यसअघि अस्ट्रेलियाका वरिष्ठ अधिकारीहरूले उनको शरणको मागलाई स्वीकार गरिने सङ्केत दिइसकेका थिए।
संयुक्त राष्ट्रसङ्घको धारणा सार्वजनिक हुनुअघि समाचारसंस्था एबीसीसँग कुरा गर्दै स्वास्थ्यमन्त्री ग्रेग हन्टले यदि उनी शरणार्थी भएको पाइए उनलाई मानवीय सम्वेदनाका आधारमा दिइने प्रवेशाज्ञा प्रदान गर्न सकिने बताएका थिए।
उनले किन शरण खोजिन्?
आफूले इस्लाम धर्म परित्याग गरेर भागेको हुनाले परिवारबाटै आफ्नो ज्यान असुरक्षित भएको दाबी मोहम्मद अल-कुकुनको छ।
उनले समाचारसंस्था रोयटर्सलाई भनेकी थिइन्, "मेरा दाजुभाइ र परिवार एवम् साउदी दूतावासले मलाई कुवेतमा कुरिरहेका छन्। उनीहरूले मलाई मार्छन्। मेरो जीवन सङ्कटमा छ।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3

X पोस्ट समाप्त, 4

X पोस्ट समाप्त, 5

साउदी अरबमा धर्म परित्याग गर्दा मृत्युदण्ड दिने कानुनी प्रावधान पनि छ।
उनका पिता साउदी अरबको उत्तरी प्रान्त हइलस्थित अल-सुलाइमी नगरका गभर्नर हुन्।
उनी परिवारका अर्का एक सदस्यसहित थाईल्यान्ड पुगेका छन्।
तर रहाफ मोहम्मद अल-कुकुनले तिनलाई भेट्न अस्वीकार गरेकी छन्।
उनको परिवारका एक प्रवक्ताले बीबीसीलाई सो विषयमा कुनै प्रतिक्रिया नदिने जनाएको छ।
परिवार मोहम्मद अल-कुकुनको सुरक्षाबारे चिन्तित भएको उनको भनाइ छ।

यो पनि पढ्नुहोस्