उनले इस्लाम धर्म परित्याग गरिन् र अहिले उनी आफ्नै जीवन जोगाउन भाग्दैछिन्

रहाफ मोहम्मद अल-कुकुन

तस्बिर स्रोत, AFP

थाईल्यान्डको ब्याङ्‌ककस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा नियन्त्रणमा लिइएकी एउटी साउदी युवतीले आफ्नो जीवन असुरक्षित भएको भन्दै फर्किन अस्वीकार गरेकी छन्।

थाई अध्यागमन अधिकारीहरू १८ वर्षीया रहाफ मोहम्मद अल-कुकुनलाई कुवेत पठाउने प्रयास गरेका थिए। उनको परिवार हाल कुवेतमा छ।

उनलाई चढाएर पठाउन लागिएको कुवेत जाने विमान नउडुन्जेल मोहम्मद अल-कुकुन विमानस्थलस्थित होटलको एउटा कोठा थुनेर बसिन्।

आफूले इस्लाम धर्म परित्याग गरेको हुनाले बलपूर्वक साउदी अरेबिया फर्काएर परिवारले आफ्नो हत्या गरिदिन सक्ने त्रास भएको रहाफ मोहम्मद अल-कुकुनले बीबीसीलाई बताएकी छन्। महिलालाई समान अवसर नदिइने भएकाले धर्म परित्याग गरेको उनको भनाइ छ।

आफ्नो परिवारले मार्ने धम्की दिएको भन्दै उनले समाचारसंस्था रोयटर्सलाई भनिन्, "मेरा दाजुभाइ र परिवार एवम् साउदी दूतावासले मलाई कुवेतमा कुरिरहेका छन्। उनीहरूले मलाई मार्छन्। मेरो जीवन सङ्कटमा छ।"

उनलाई कुवेत पठाउन भनेर थाई अधिकारीहरू उनको कोठाबाहिर उभिइरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

मानवाधिकारवादी संस्थाहरूले उनको सुरक्षाबारे चासो व्यक्त गरेका छन्।

ह्युमन राइट्स वाच एशिया क्षेत्रका सहायक निर्देशक फिल रोबर्ट्सनका अनुसार संयुक्त राष्ट्रसङ्घको शरणार्थी हेर्ने निकायसँग भेट्न र शरण माग्न नदिइएसम्म कोठाबाट बाहिर नहाउने उनको अडान छ।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

समय थोरै भएको र उनी डरलाग्दो परिस्थितिमा रहेको भन्दै रोबर्ट्सनले ती युवतीलाई कुवेत फिर्ता नपठाइयोस् भनेर निषेधाज्ञाका लागि ब्याङ्‌ककको एउटा अदालतमा आवेदन गरिएको बताए।

तर थाई वकिलहरूको सो आवेदन अदालतले खारेज गरिदियो।

रहाफ मोहम्मद अल-कुकुन किन भागिन्?

परिवारसँगै बिदा मनाउन कुवेत पुगेकी रहाफ मोहम्मद अल-कुकुन दुई दिनअघि त्यहाँबाट भागेकी हुन्।

ब्याङ्‌कक हुँदै अस्ट्रेलिया जाने उनको प्रयास थियो।

आफूले इस्लाम धर्म परित्याग गरेको हुनाले बलपूर्वक साउदी अरेबिया फर्काएर परिवारले आफ्नो हत्या गरिदिन सक्ने त्रास भएको रहाफ मोहम्मद अल-कुकुनले बीबीसीलाई बताएकी छन्।

ब्याङ्‌ककबाट बीबीसीका जोनाथन हेड भन्छन् - रहाफ मोहम्मद अल-कुकुन त्रस्त र व्याकुल छिन्।

आफूसँग अस्ट्रेलिया जाने प्रवेशाज्ञा भएको तर सुर्वणभूमि विमानस्थलमा आफूलाई भेट्ने एक साउदी कूटनीतिज्ञले राहदानी खोसेको उनको दाबी छ।

तर साउदी अधिकारीहरूका अनुसार राहदानी उनीसँगै छ र फर्किने हवाई टिकट नभएकाले उनलाई नियन्त्रणमा लिइएको हो।

अस्ट्रेलियामा शरण पाइने उनको अपेक्षा थियो।

ह्युमन राइट्स वाचका मध्यपूर्वका सहायक निर्देशक माइकल पेजले एउटा विज्ञप्तिमा "परिवार छोडेर भागेका साउदी महिलाले उनीहरूको इच्छाविपरीत फर्किए आफ्नै नातेदारबाट कठोर हिंसा, स्वतन्त्रताको अपहरण र अन्य गम्भीर हानि खेप्नु पर्ने हुन्छ" भनेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

Presentational white space

ब्याङ्‌ककस्थित साउदी दूतावासले रहाफ मोहम्मद अल-कुकुनलाई "फिर्ती टिकट नभएकाले" विमानस्थलमा समातिएको र उनलाई उनका परिवारजन बसेको ठाउँ कुवेत फर्काइने जनाएको छ।

साउदी अधिकारीहरूसँग उनलाई ब्याङ्‌ककस्थित विमानस्थल वा अन्यत्र समात्ने अधिकार नभएको दूतावासको एउटा विज्ञप्तिमा उल्लेख छ।

अधिकारीहरू उनका पिताको सम्पर्कमा भएको उसले जनाएको छ।

'पारिवारिक समस्या'

थाई प्रहरीका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएअनुसार ती युवती विवाह गर्न नमानेर भागेकी हुन्।

मेजर जेनरल सुरचाते हक्पर्न

तस्बिर स्रोत, Reuters

मेजर जेनरल सुरचाते हक्पर्नका अनुसार रहाफ मोहम्मद अल-कुकुनसँग थाईल्यान्डको प्रवेशाज्ञा नभएकाले प्रहरीले उनलाई थाईल्यान्डमा प्रवेश नदिएको र उनी आएकै कुवेत एअर्‌वेजमार्फत् फिर्ता गर्ने प्रक्रिया थालिएको थियो।

तर राहदानी खोसिएको भन्नेबारे आफूलाई थाहा नभएको उनले बताएका छन्।

योजना 'रद्द'

स्थानीय समयानुसार दिउँसो ४ बजे हक्पर्नले सम्वादाताहरूलाई ती युवतीको सुरक्षाको चासोका कारण उनलाई कुवेत फिर्ता पठाउने योजना रद्द गरिएको बताए।

थाई समाचार वेब्साइट खाओसोडका अनुसार उनले भने, "यदि फिर्ता पठाउँदा उनको ज्यान जान्छ भने हामी पक्कै पनि त्यसो गर्दैनौँ।"

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय यूएनएचसीआरसँग सोमवार नै भेटेर रहाफ मोहम्मद अल-कुकुनबारे कुरा गर्ने उनले बताए।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

यसअघि समाचार संस्था एएफपीलाई यो परिवारभित्रको समस्या भएको र ती युवतीसँग फर्किने टिकट र पैसा एवम् थप कागजपत्र नभएको बताएका थिए‍।

तर ह्युमन राइटस् वाच एशियाका सहायक निर्देशक फिल रोबर्ट्सनका अनुसार थाई सरकारले ती युवतीले "प्रवेशाज्ञाका लागि आवेदन गरेको तर त्यो अस्वीकृत भएको" भनेर कुरा बनाएको आशङ्का व्यक्त गरेका थिए।

Bangkok airport

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, साउदी कूटनीतिज्ञले ब्याङ्‌ककस्थित विमानस्थलमा आफ्नो राहदानी खोसेको दाबी रहाफ मोहम्मद अल-कुकुनले गरेकी छन्

उनले बीबीसीलाई भने, "...वास्तवमा उनीसँग अस्ट्रेलिया जाने टिकट थियो। थाईल्यान्ड प्रवेश गर्न उनको इच्छा नै थिएन।"

थाई पक्षले साउदी अरेबियालाई सघाएको स्पष्ट रूपमा देखिएको छ किनभने साउदी अधिकारीहरू ती युवती आएको विमानमै पुगेका थिए।

उनी बसेको होटलमै पुगेका बीबीसीका जोनाथन हेडका अनुसार ती युवतीको कोठाबाहिर पुगेका थाई अध्यागमन अधिकारीहरूले उनीसँग वार्ता गर्न खोजेको बताएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

Presentational white space

थाईल्यान्डले संयुक्त राष्ट्रसङ्घको शरणार्थी महासन्धि अनुमोदन गरेको छैन र उसले शरण खोज्ने व्यक्तिहरूलाई कानुनी सुरक्षा उपलब्ध गराउँदैन।

तर थाईल्यान्डमा एक लाखभन्दा बढी शरणार्थी छन्।

उनीबारे चर्चा कसरी भयो?

गत सप्ताहान्त सामाजिक सञ्जालमा उनले लेखेको कुराले धेरैको ध्यान आकर्षित गर्‍यो।

आफूलाई केही भइहाल्यो भने विकल्पका रूपमा उनले आफ्नो एकजना साथीलाई पनि ट्विटर चलाउन दिएकी छन्।

मोहम्मद अल-कुकुनले बीबीसी न्यूजआवरलाई आफू ट्रान्जिट क्षेत्रमा भएको एउटा होटलमा बसेको बताएकी छन्।

उनले भनिन्, "मैले मेरो कथा र तस्बिर सामाजिक सञ्जालमा प्रेषित गरेँ। र मैले त्यसो गरेकाले मेरा बुवा एकदमै क्रुद्ध हुनुहुन्छ... म आफ्नो देशमा अध्ययन गर्न र काम गर्न पाउँदिनँ। त्यसैले म स्वतन्त्र हुन चाहन्छु एवम् आफूले चाहेअनुसार पढ्न र काम गर्न चाहन्छु।"

साउदी अरेबियाको कानुनले पुरुषको अभिभावकत्वविना महिलाहरूलाई काम गर्न, यात्रा गर्न वा ब्याङ्कमा खाता खोल्ने जस्ता सामान्य गतिविधि पनि गर्न दिँदैन।

आफूले अब केही पनि गुमाउन बाँकी नरहेको भन्दै मोहम्मद अल-कुकुनले आफ्नो नाम र विवरण सार्वजनिक गरेको ट्विटरमा लेखेकी छन्।

उनले विश्वभरि रहेका देशहरूसँग आफूलाई शरण दिन आग्रह गरेकी छन्।

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

Presentational white space

यो घटनाले सन् २०१७ को एप्रिल महिनामा अस्ट्रेलियाबाट उडेकी अर्की महिलासँग भएको व्यवहारको स्मरण गराएको छ।

फिलिपिन्सको बाटो हुँदै कुवेत जान लागेकी डिना अली लास्लूम नाम गरेकी २४ वर्षीया महिलालाई उनको परिवारले मनिला विमानस्थलबाट साउदी अरेबिया लगेको थियो।

उनले क्यानडाका एक पर्यटकको फोन प्रयोग गरेर एउटा सन्देश पठाएकी थिइन्। आफ्नो परिवारले उनलाई मार्न सक्ने भन्दै त्यसबारे एउटा भिडिओ ट्विटरमा प्रेषित भएको थियो।

साउदी अरेबिया फर्काइएपछि उनको स्थितिबारे कसैलाई थाहा छैन।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line