इन्डोनेशियाको सुनामीबारे महत्त्पूर्ण जानकारी थाहा पाएको वैज्ञानिकहरूको भनाइ

तस्बिर स्रोत, GEORGIA INSTITUTE OF TECHNOLOGY
वैज्ञानिकहरू गत सेप्टेम्बरमा इन्डोनेशियाको पालुमा भूकम्प र त्यसपछि सुनामी जानुको कारणबारे महत्त्वपूर्ण जानकारी थाहा पाएको बताएका छन्।
त्यहाँ ७. ८ म्याग्निट्यूडको भूकम्पपछि त्यतिबेला विनाशकारी समुद्री छालहरू किनार र नगर तथा बस्तीहरूमा पसेका थिए।
अनुसन्धानकर्ताहरू त्यतिबेला आएका छालका आकारका कारण आफूहरू चकित परेको बताएका छन्।
सुलावेशी सहरको खाडी क्षेत्रमा गरिएको एउटा सर्वेक्षणको क्रममा समुद्रको पीँध निकै तल गाडिएको पाइएको छ।
अनुसन्धान
त्यसले पानीलाई एकाएक विस्थापित गरेर समुद्री किनारसम्म छालहरू ल्याएको हुनसक्ने अनुमान वैज्ञानिकहरूले गरेका छन्।
उक्त विपद्मा परि दुई हजार भन्दा बढी मानिसले ज्यान गुमाएका थिए।
अमेरिकन जियोफिजिकल युनियनको शरदयाममा हुने बैठकमा प्रारम्भिक परिणाम देखाएका थुप्रै अनुसन्धानबारे जानकारी गराइँदैछ।
क्षति
अमेरिकन जियोफिजिकल युनियनमा पृथिवी र अन्तरिक्ष वैज्ञानिकहरूको ठूलो वार्षिक भेला हुन्छ।
स्ट्राइक स्लिप फल्टमा भएको भनिएको कम्पमा जमीन एक भागतिर फुटेर अर्को भागतिर सम्म दरार देखिएको थियो।
ठूला सुनामीहरूमा सामान्यता यस्तो खालको बनावट देखिँदैन।
तैपनि, सेप्टेम्बर २८ तारिखका दिन प्रार्थना समयको वरपर त्यहाँ त्यही भयो।








