च्याउ र ब्याक्टेरियाको मिलनबाट 'हरित ऊर्जा'
च्याउ र ब्याक्टेरियाको मिलन गराइदिँदा के होला?
त्यसबाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना देखिएको छ।
अमेरिकास्थित स्टिभन्स इन्स्टिट्युट अफ टेक्नोलजीका अनुसन्धानकर्ताहरूले त्यसरी उत्पादित विद्युत् कार्बनमुक्त 'हरित ऊर्जा'का रूपमा प्रयोग सकिने अपेक्षा राखेका छन्।

