सूर्यको उज्यालोमा तैरिँदै
वेन हुईले एउटा कोइलाखानीमा मजदुरको रूपमा पाँच वर्ष काम गरेका थिए।
अहिले उनले एउटा सौर्य ऊर्जा कम्पनीमा प्राविधिकको रूपमा काम गरिरहेका छन्।
यसले कोइलाखानीमा काम गर्ने पूर्वमजदुरहरूलाई रोजगारी दिनुका साथै प्रदूषण कम गर्न पनि सघाउने अधिकारीहरूको विश्वास छ।
चीनमा वायुप्रदूषणका कारण प्रत्येक वर्ष झन्डै दश लाख मानिसहरूको ज्यान जान्छ।
यसको एउटा मुख्य कारण कोइला बाल्नु पनि हो।
त्यसैले कोइलाखानीहरूलाई सौर्य फार्ममा बदल्दा यसले चीनको कार्बन उत्सर्जन मात्रै कटौती गर्नेछैन, मानिसहरुको ज्यान पनि बचाउनेछ।
बीबीसी रिपोर्ट (भिडिओ)