निर्मला हत्या: अनुसन्धान फराकिलो बनाउन सुझाव

गृहमन्त्री

निर्मला पन्तको बलात्कार र हत्याको घटनाबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय समितिले अनुसन्धानको दायरा फराकिलो बनाउन सुझाव दिएको छ।

समितिले १२ दिनअघि गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो।

मन्त्रीस्तरीय निर्णयबाट प्रतिवेदन सार्वजनिक गरिएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए।

सुवेदीले भने, "अहिले पनि दुईवटा समितिले घटनाको अनुसन्धान गरिरहेका छन्। अब प्रतिवेदनका सुझावलाई समेत समेटेर अनुसन्धान हुनेछ।"

प्रतिवेदनमा घटनाको अनुसन्धान गर्न विषयगत विज्ञहरू समेत सम्मिलित विशेष अनुसन्धान टोली गठन गर्न सुझाव दिइएको छ।

विभागीय कारबाही

घटनाबारे सामयमै जानकारी हुँदा-हुँदै पनि स्थानीय प्रहरीले चासो नदेखाएर गम्भीर लापर्बाही गरेको प्रतिवेदनमा उल्लेख छ।

समितिले अनुसन्धानमा संलग्न जिल्लाका प्रहरी प्रमुखलाई विभागीय कारबाही गर्न सिफारिश गरेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, के चाहन्छन् निर्मला पन्तका आमाबुवा

कञ्चनपुरकी निर्मला पन्तको साउन १० गते बलात्कारपछि हत्या गरिएपछि देशैभर प्रदर्शनहरू भएका थिए।

दोषी पत्ता लगाउन नसकेको भन्दै सत्तापक्षका नेताहरूले समेत सरकारको चर्को आलोचना गरेका छन्।