युवाको रगतमा 'बुढ्यौलीका रोग रोक्ने गुण'

नयाँ अनुसन्धानले युवाहरूको रगतमा उमेरका कारण हुने क्यान्सर, विस्मृति र मुटुसम्बन्धी विभिन्न रोगहरू रोक्न सक्ने गुण भएको सङ्केत गरेको छ।

सो अध्ययनमा संलग्न वैज्ञानिकहरूले मानिसमा यो कति प्रभावकारी हुन्छ भनेर परीक्षण गर्नुअघि अन्य जनावरमा थप परीक्षण आवश्यक भएको बताएका छन्।