तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
फेरि बन्दैछ वत्सलाको मन्दिर
तीन वर्षअघि वैशाखमा गएको विनाशकारी भूकम्पमा काठमाण्डू उपत्यकाका धेरै पुरातात्त्विक संरचनाहरूमा क्षति पुग्यो।
भक्तपुर दरबारअगाडि रहेको वत्सलादेवीको कलात्मक मन्दिर पनि सो भूकम्पमा भत्कियो। ढुङ्गा प्रयोग गरेर शिखरशैलीमा बनाइएको सो मन्दिरको अहिले पुनर्निर्माण हुँदैछ।
आवश्यक सामग्री र शिल्पीको अभाव भएकाले भत्किएका मन्दिर र अन्य संरचनाहरूको पुरानै शैली र स्वरूपमा पुनर्निर्माण गर्न विलम्ब भएको बताइन्छ।
भिडिओ: सृजना श्रेष्ठ