ढुंगाको तरकारी खानुभएको छ?
भारतको गुजरात राज्यस्थित काठी समुदायका मानिसहरूमा 'ढुंगाको करी' अर्थात् ढुंगाको झोल तरकारी एउटा परम्परागत परिकारका रूपमा प्रसिद्ध छ।
नदीको बगरबाट सङ्कलन गरिएका ससाना गेगरलाई बेसनको झोलमा हालेर पकाइने यो परिकारलाई स्थानीय भाषामा 'चाब्ला नी करी' भन्ने गरिन्छ।
तर करीमा भएका ढुंगाहरू खाइँदैन।
ढुंगाले तरकारीलाई पोषिलो बनाउने लोकविश्वास छ।
हेर्नुहोस् यो भिडिओ।
