तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चीनसँग नेपालको 'गैँडा कूटनीति'
नेपालले 'भद्र' र 'रूपसी' नामका दुईवटा गैँडा चीनलाई उपहारका दिएको छ।
बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्लभ एकसिङ्गे गैँडाको त्यो जोडी नेपालका लागि चिनियाँ राजदूतमार्फत् हस्तान्तरण गरेका हुन्।
केही समयपछि गैँडाको अर्को जोडी पनि चीन पठाइने तयारी हुँदै गरेको छ।
झन्डै दुई वर्षअघि भएको सम्झौताअनुसार ती गैँडालाई चितवन राष्ट्रिय निकुञ्जबाट दुई महिना अघि समातिएको थियो।
गैँडाहरूलाई गाडीबाट काठमाण्डू र कार्गो विमानबाट चीन पठाइएको हो। नेपालबाट पशुचिकित्सक र प्राविधिकहरूको टोली पनि चीन गएको छ।
दुर्लभ वन्यजन्तु संरक्षणको लागि भन्दै नेपालले हालसम्म २६ वटा गैँडा विभिन्न देशलाई उपहार दिइसकेको छ। हालको गणनाअनुसार नेपालमा ६०० भन्दा बढी गैँडा रहेका छन्।
(भिडिओ: कमल परियार)