तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपालले चीनलाई उपहारमा गैँडा दिँदै
नेपालले 'भद्र' र 'रूपसी' नामका दुईवटा गैँडा चीनलाई उपहार दिएको छ।
त्यसका लागि चितवन राष्ट्रिय निकुञ्जमा दुई भाले र दुई पोथी गरी चारवटा गैँडाको व्यवस्था गरिएको छ। तीनमध्ये एउटा उद्धार गरिएको गैँडा छ भने अरू तीनवटालाई दुई महिना अघि समातिएको थियो।
पहिलो जोडी गैँडालाई यही हप्ता चीन पठाइनेछ। गैँडा लिन चीनबाट एउटा विशेष कार्गो विमान काठमाण्डू आउँदैछ।
गैँडासँग पाँच जना नेपाली प्राविधिक पनि चीन जाँदैछन्।
समातिएका गैँडालाई खुल्ला खोरमा राखेर खाना खुवाइएको, उपचार गरिएको तथा उनीहरूलाई मानिससँग घुलमिल गराइएको थियो।
नेपालले हालसम्म ११ देशलाई २६ वटा गैँडा उपहार दिइसकेको छ।