भारत: विषाक्त रक्सी सेवनबाट १२ जनाको मृत्यु

तस्बिर स्रोत, PRAVEEN MOHTA
उत्तरी भारतको कानपुर नगर क्षेत्रमा विषाक्त रक्सी सेवनबाट कम्तीमा १२ जनाको ज्यान गएको छ।
अधिकारीहरूका अनुसार मृत्यु हुनेमा कानपुर नगर र ग्रामीण क्षेत्रका मानिसहरू छन्।
शनिवार कानपुर नगरको सचेण्डी क्षेत्रमा ६ जनाको र आइतवार कानपुरकै ग्रामीण क्षेत्र रूरामा ६ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।
विषाक्त रक्सी सेवनका कारण कैयौँ गम्भीर बिरामी परेका छन्।
पक्राउ
उनीहरूमध्ये अधिकांशको स्थानीय हैलट अस्पतालमा उपचार भइरहेको छ।
विषाक्त रक्सी बेचेको आरोपमा प्रहरीले हालसम्म चारजनालाई पक्राउ गरिएको र त्यसमध्ये प्रमुख आरोपी विनय सिंह पनि रहेको जनाएको छ।

तस्बिर स्रोत, PRAVEEN MOHTA
सरकारले प्रतिमृतक परिवारलाई दुई/दुई लाख भारतीय रूपैयाँ दिने घोषणा गरेको छ भने बिरामी परेका प्रत्येक जनालाई ५०/५० हजार भारू उपलब्ध गराइने बताएको छ।
शनिवार हैलट अस्पताल पुगेका मुख्यमन्त्री दिनेश शर्माले दोषीलाई माफी दिन नसकिने बताए।
अनुसन्धान
प्रहरी अधिकारी अखिलेश कुमारले घटनाबारे विभिन्न स्तरमा अनुसन्धान भइरहेको बताएका छन्।
रक्सी विक्रेता र स्थानीय प्रहरीबीच साठगाँठको सम्भावनाबारे पनि अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।
लापरवाही गरेको आरोपमा एकजना सरकारी अधिकारीलाई निलम्बन गरिएको छ भने विक्रेतामाथि मुद्दा दायर गरिएको छ।
रक्सी विक्रेता एक पूर्व स्थानीय सांसदसँग निकटको भएको सञ्चारमाध्यमहरूले जनाएका छन्।









