तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ढाकाबाट आएको विमान दुर्घटनाग्रस्त
बांग्लादेशको ढाकाबाट उडेको एउटा यात्रुवाहक विमान काठमाण्डूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा सोमवार अपराह्ण दुर्घटनाग्रस्त भएको छ।
यूएस-बांग्ला एअरलाइन्सले आफ्नो विमान ६७ यात्रुसहित ढाकाको शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय १२:५१ बजे उडेको जनाएको छ। विमानमा चालकदलका चार सदस्य रहेको बुझिएको छ।
नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेका अनुसार कम्तीमा १४ जना घाइते भएका छन्। उनीहरूलाई विभिन्न अस्पताल लगिएको छ।
आगो नियन्त्रणमा आइसकेको बताउँदै न्यौपानेले भने, "विमानको भग्नावशेषमा कोही अड्किएका छन् कि भनेर हामी थप खोजी गर्दैछौँ।"
त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार विमानमा ३७ पुरुष, २८ महिला र दुई जना यात्रु सवार थिए।
तीमध्ये ३३ जना नेपाली रहेको बताइएको छ।
धावनमार्गबाट धूँवाको मुस्लो निस्किएको र पछि यात्रुहरूलाई आकस्मिक रूपमा ओह्रल्दै गरेको देखिएको एक जना प्रत्यक्षदर्शी विष्णु सापकोटाले बताए।
सापकोटा उड्न तयार अर्को विमानमा थिए। दुर्घटनापछि अरू उडानहरू प्रभावित भएका छन्।
थप विवरण आउन बाँकी छ।