तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एकसट्ठी जिल्लामा देखिएको स्क्रब टाइफस रोगबाट बच्ने उपाय
सङ्घीय राजधानी काठमाण्डूसहित देशका ६१ जिल्लामा 'स्क्रब टाइफस' रोग देखिएको अधिकारीहरू बताएका छन्।
यो रोगबाट यस वर्ष हालसम्म तीन जनाको मृत्यु भइसकेको बताइएको छ।
विगतका वर्षमा फाट्टफुट्ट देखिने गरेको स्क्रब टाइफस असर यस वर्ष धेरै ठाउँमा देखिएको छ।
मुसाबाट सर्ने भएकोले तिनीहरूबाट जोगिनु नै सबैभन्दा उपयुक्त विकल्प भएको चिकित्सकहरू बताउँछन्।
के हो स्क्रब टाइफस?
यो एक प्रकारको सरुवा रोग हो जुन मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्छ।
चिकित्सकहरूका अनुसार मानिसबाट मानिसमा चाहिँ स्क्रब टाइफस सर्दैन।
यो रोग किर्नामा पाइने 'ओरेन्टिया सुसुगामुसी' भन्ने जीवाणुबाट लाग्छ।
मुसामा हुने 'माइट' अर्थात् किर्ना प्रायः झाडी, खेतबारी, वनजङ्गल, घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा देखिने गर्छ।
लक्षण के के हुन्?
- धेरै ज्वरो आउनु (१०४ डिग्री फरेन्हाइटभन्दा बढी)। काम ज्वरो पनि आउन सक्छ
- धेरै टाउको दुख्नु, पसिना धेरै आउनु
- आँखा रातो हुनु, झाडापखाला लाग्नु
- बिस्तारै शरीरका मुख्य अङ्गले काम गर्न छाड्नु
- कीराले टोकेको ठाउँमा रातो दाग देखिन सक्छ। पछि कालो दाग बस्न सक्छ
बच्ने उपाय के के हुन्?
- खेतबारीमा काम गर्दा, वनजङ्गल वा झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाक्ने कपडा लगाउने, सम्भव भएसम्म लामो जुत्ता लगाउने
- घाँसबारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने
- सम्भव भएसम्म भुइँमा नबस्ने खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने
- सकेसम्म घाँसबारी वा चउरमा नबस्ने
- चउर, बारी, झाडी, घाँस तथा घुरान बढ्न नदिने
- मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने