‘क्रुद्ध’ ट्रम्प टेलिभिजन हेर्दै
राष्ट्रपति डोनल्ड ट्रम्प आफ्नो पक्षमा थोरै मात्र सहयोगीहरू टेलिभिजनमा वा सडकमा सामुन्ने आएकोप्रति क्रुद्ध र निराश बनेको उनी निकटका सूत्रहरूले सीबीएस न्यूजलाई बताएका छन्।
उनीहरूका अनुसार ट्रम्प निकै धेरै समय टेलिभिजन हेरिरहेका छन् र फोन गरिरहेका छन्। शुक्रवार उनको समय ओभल अफिस तथा निवासमा नै वित्यो।
ट्रम्पको निर्वाचन अभियानले कानुनी लडाइँबारे कुरा गरिरहेको छ तर त्यसको प्रस्ट रणनीति देखापरेको छैन।
केही सहयोगीहरूले यस्तो विषय महिनौँ अगाडि नै सोचिनुपर्थ्यो भनेका छन्। तर यसबारे कसैले राष्ट्रपतिसँग कुराकानी गर्न चाहेका थिएनन्।
मुद्दाको सन्दर्भमा यदि पेन्सिल्भेनियामा मतान्तर थोरै हुन्छ भने सर्वोच्च अदालतमा हुने सफल चुनौतीले ट्रम्पलाई सघाउ पुग्न सक्छ।
तर बाइडनको पक्षमा मतान्तर धेरै छ भने यसको धेरै माने हुने छैन।

तस्बिर स्रोत, EPA









