अमेरिकी निर्वाचन नतिजा: मतगणना भइरहेको राज्यमा कसको कति अग्रता

राज्य

अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा अहिले केही राज्यमा मतगणना भइरहेका कारण अड्किएको छ।

नेपाली समयानुसार शुक्रवार बिहान १०:३० को अवस्थामा ती राज्यहरूमा कसको कति अग्रता छ त?

जोर्जिआ

राष्ट्रपति डोनल्ड ट्रम्पले अग्रता लिए पनि मतान्तर २,००० भन्दा कम छ।

त्यहाँ १५,००० मत गन्न बाँकी छ।

गन्न बाँकी मतहरू जो बाइडनको पक्षमा धेरै आउनसक्ने सम्भावना छ किनभने ती हुलाकमार्फत् शहरी मतदाताले पठाएका मत भएको बताइएको छ।

पेन्सिल्भेनिया

ट्रम्पले २६,००० मतले अग्रता लिएका छन् र त्यहाँ अझै ५५०,००० जति मत गन्न बाँकी छ।

ती मतहरू सन् २०१६ निर्वाचनमा डेमोक्र्याट उम्मेदवारले जितेका काउन्टीहरूको रहेको बताइएको छ।

एरिजोना

बाइडनले ४६,००० मतले अग्रता लिएका छन् तर ट्र्म्पले मतान्तर कम गर्दै लगेका छन्।

त्यहाँ ४७०,००० मत गन्न बाँकी रहेको बिहीवार बताइएको थियो।

शुरूमा बाइडनले ठूलो अग्रता लिएपनि अहिले त्यो कम हुँदै गएको छ।

नेभाडा

बाइडनले १२,००० मतले अग्रता लिएका छन् तर अझै १९०,००० मत गन्न बाँकी छ।

तीमध्ये धेरै मत लस भेगास रहेको क्लार्क काउन्टीको रहेको बताइएको छ।

जोर्जिआ, पेन्सिल्भेनिया र एरिजोनाको अवस्था आज बेलुकीसम्म धेरै स्पष्ट हुने अनुमान गरिए पनि नेभाडाको अवस्था आज स्पष्ट नहुने बताइएको छ।