अमेरिका निर्वाचन मतगणना परिणाम: आआफ्नो जित हुने ट्रम्प र बाइडनको दाबी, तर अहिलेसम्म नतिजामा कडा प्रतिस्पर्धा

अमेरिकाका विभिन्न राज्यमा नोभेम्बर ३ मा मतदान सम्पन्न भएपछि नतिजा आउन थालेको छ। अहिलेको ताजा अवस्था यस्तो छ।

लाइभ कभरेज

  1. बाँकी राज्यको नतिजा कहिले?

    नतिजा आउन बाँकी रहेका राज्यहरूको अवस्था यस्तो छ:

    • नोभेम्बर ४ बुधवार (नेपाली समयानुसार बिहीवार बिहानसम्म) नतिजा आउने अपेक्षा गरिएका: विस्कन्सिन (१० इलेक्टरल मत), मिशिगन (१६), जोर्जा (१६) र एरिजोना (११)
    • नोभेम्बर ६ शुक्रवारसम्म नतिजा आउने अपेक्षा गरिएको: पेन्सल्भेनिया (२०)
    • नोभेम्बर १० मङ्गलवारसम्म हुलाकबाट आउने मतपत्रको म्याद रहेका: नेभाडा (४) र अलास्का (३)
    • नोभेम्बर १२ बिहीवारसम्म हुलाकबाट आउने मतपत्रको म्याद रहेको: नोर्थ क्यारलाइना (१५)
    मतगणना

    तस्बिर स्रोत, Reuters

  2. ट्रम्प र बाइडनलाई जित्नका लागि अब के चाहिन्छ

    अमेरिकी राष्ट्रपतीय चुनावमा निर्णायक विजय हासिल गर्नका लागि उम्मेदवारहरूको हकमा के के हुनुपर्छ त अब?

    मतदानको दिनभन्दा अगाडि गरिएका वैचारिक मत सर्वेक्षणहरूले प्रस्तुत गरिएका नतिजाहरूमा जो बाइडनको सहज जित हुने आकलन देखि लिएर झिनो मतान्तरले डोनल्ड ट्रम्पको विजय हुनेसम्मका प्रक्षेपणहरू थिए।

    रातभरिमा पनि नसकिएर लम्बिन पुगेको मतगणनाको समयावधिपछि जो बाइडनले ल्यान्डस्लाइड अर्थात् अत्यधिक बहुमतले जित हासिल गर्न सक्ने भन्ने अनुमानको ठाउँ अब बाँकी रहेन।

    अब जसले जिते पनि त्यो झिनो मतान्तरले अन्तिम निर्णय हुने अवस्था देखिएको छ।

    अनि त्यो अब कससको पक्षमा कसरी र कति समयपछि हुन्छ भन्ने कुरा महत्वपूर्ण बनेर आएको छ। पढ्नुहोस् एक विश्लेषण

  3. अमेरिका निर्वाचनबाट नेपालले के सिक्ने

    निर्वाचन

    तस्बिर स्रोत, Getty Images

    अमेरिकी राष्ट्रपतीय निर्वाचनबारे पूरा विश्वमा जस्तै नेपाल र नेपालीको चासो पनि बढेको पाइन्छ।

    अमेरिकाको उचारचढावपूर्ण सम्बन्ध रहेको चीनसँग नेपालको सीमा जोडिएको र भूराजनीतिक अवस्थाले गर्दा उक्त चुनावप्रति कूटनीतिक सरोकार पनि राख्ने गरेको पाइन्छ।

    अनि नेपाल जस्तो देशले अमेरिकामा हुने गरेको चुनावी प्रक्रिया र त्यसमा प्रयोग हुने प्रविधिबाट शिक्षा लिनुपर्ने मत राख्नेहरू पनि छन्।

    हामीले अमेरिकी चुनावबाट सिक्ने कुरा के के छन् त? बीबीसी न्यूज नेपालका शरद केसीले तयार पारेको एउटा सामग्री

  4. सामाजिक सञ्जालमा नेपालीहरू के भनिरहेका छन्

    चुनाव

    तस्बिर स्रोत, Twitter/@SurajShakya

    अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतगणना भइरहँदा चुनावका सम्भावित विजेतादेखि निर्वाचनको परिणामले नेपालमा पार्न सक्ने प्रभावबारे सामाजिक सञ्जालका नेपाली प्रयोगकर्ताहरूले पनि आफ्ना धारणा राखिरहेका छन्।

    उनीहरूले महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतिले लिने नीतिका कारण विश्व नै प्रभावित हुने भन्दै त्यसको असर नेपालमा पनि देखिनसक्ने टिप्पणी गरेका छन्।

    कतिपयले राष्ट्रपति डोनल्ड ट्रम्प नै पुनर्निवार्चित हुने धारणा राखिरहेका छन् भने कतिले जो बाइडन नयाँ नेताका रूपमा चुनिने बताइरहेका छन्।

  5. आज के के भयो?, मतगणनाको अवस्था, उम्मेदवारका दाबी र अहिलेसम्मको अपडेट

    अमेरिका निर्वाचन

    तपाईँले भर्खर अमेरिकी निर्वाचनको नतिजा हेर्न खोज्नुभएको हो भने मतदानपछि अहिलेसम्म के भयो भन्ने जानकारी यसप्रकार छ:

    • मतपरिणामलाई असर गर्नसक्ने केही राज्यहरूको नतिजा आइसकेको छैन तर दुवै उम्मेरवार डोनल्ड ट्रम्प र जो बाइडनले आफू विजयको बाटोमा रहेको घोषणा गरेका छन्।
    • अमेरिकी राष्ट्रपति पदमा निर्वाचित हुन २७० इलेक्टलर मतको आवश्यक पर्छ। अहिलेसम्म बाइडनले २२४ र ट्रम्पले २१३ त्यस्तो मत प्राप्त गरेका छन्। कडा प्रतिस्पर्धाको अर्थ हुलाकमार्फत् गरिएको मतदान निर्णायक हुनसक्ने देखिएको छ।
    • पेन्सिल्भिया, मिशिगन र विस्कन्सिनको नतिजा निर्णायक हुनसक्ने तर त्यहाँको नतिजा आउन केही दिन लाग्नसक्ने छ।
    • ट्रम्पले आफूले जितेको दाबी गर्दै सर्वोच्च अदालतमा चुनौती दिने बताएका छन्। तर के कुरामा चुनौती दिने भनेर स्पष्ट भनेका छैनन्।
    • उपराष्ट्रपति माइक पेन्सले भने ट्रम्पको भनाइलाई मन्थर पार्न सबै कानुनी मतको गणना हुने बताउँदै अहिल्यै विजय घोषणा गर्न अस्वीकार गरेका छन्।
    • बाइडनको अभियान समूहले ट्रम्पले गणना गर्न बाँकी रहेका मतका बारेमा गरेको टिप्पणी गलत भएको भन्दै कडा आलोचना गरेको छ।
    • बाइडनले सम्बोधन गर्नै यो निर्वाचन अन्तिम मत नगनिएसम्म नसकिने र आफू विजयको बाटोमा रहेको बताएका छन्।

    थप जानकारी र दिनभरिको अपडेटका लागि तल पढ्नुहोस्।

  6. जितेको दाबी गर्ने समय भएको छैन

    राष्ट्रपति डोनल्ड ट्रम्पले आफुले निर्वाचन जितेको दाबी गरेका छन् तर अझै धेरै राज्यमा गन्न बाँकी रहेको मतले नतिजा कुनै पनि पक्षमा पार्न सक्ने अवस्था छ।

    उनले ह्वाइट हाउसबाट सम्बोधन गर्दै भनेका थिए, "हामी यो निर्वाचन जित्न तयार भइरहेका छौँ। स्पष्ट भन्नुपर्दा हामीले यो निर्वाचन जितिसकेका छौँ।"

    जोर्जिया, विस्कन्सिन, पेनसिल्भेनिया र मिशिगनजस्ता कडा प्रतिस्पर्धा हुने राज्यको विजेता प्रक्षेपण गरिएको छैन।

    डेमोक्र्याट उम्मेदवारलाई जाने सम्भावना रहेको शहरी क्षेत्रको ठूलो सङ्ख्याको मत गन्न बाँकी नै रहेको छ।

    धेरै मतदाताले हुलाकमार्फत् मतदान गरेको पेनसिल्भेनियामा मतगणना सक्न केही दिन लाग्न सक्ने बताइएको छ।

    "सबैभन्दा महत्त्वपूर्ण, हामी पेनसिल्भेनियामा विशाल मतसङ्ख्याले जितिरहेका छौँ," ट्रम्पले भनेका छन्।

    ट्रम्पले त्यहाँ ५५.७ प्रतिशत मतका साथ अग्रता लिएका छन् जबकि ७४ प्रतिशत मत गनिसक्दा बाइडनको ४३ प्रतिशत छ।

    तर त्यहाँको सबैभन्दा ठूलो शहर फिलाडेल्फियाको ४८ प्रतिशत मत मात्रै गनिएको छ र सो शहरबाट बाइडनलाई धेरै मत आउने अपेक्षा गरिएको छ।

    मिशिगन र विस्कन्सिनमा पनि उस्तै अवस्था छ।

    त्यसैले अहिल्यै नै कसैले जितिहालेको देखिएको छैन।

  7. बहुमत नल्याए पनि कसरी अमेरिकाको राष्ट्रपति बन्न सकिन्छ

    ट्रम्प समर्थक

    अमेरिकी राष्ट्रपतीय निर्वाचनमा आम मतदाताले धेरै मत दिएका उम्मेद्वार विजयी नहुन पनि सक्छन्।

    मतदाताको प्रत्यक्ष मतबाट राष्ट्रपति नछानिने भएकोले त्यो सम्भावना रहन्छ।

    राष्ट्रपति प्रत्यक्ष मतबाट नभई त्यसको आधारमा हुने इलेक्टरल कलेज अर्थात निर्वाचक मण्डलको मतका आधारमा हुन्छ।

    इलेक्टरल कलेज भनेको के हो? हाम्रो पुरानो सामग्री

  8. नतिजाको पर्खाइमा

    भिडिओ क्याप्शन सुरु हुँदैछ, अमेरिकी निर्वाचनको नतिजा कुरिरहेका हजारौँ अमेरिकीहरू सडकमा उत्रेर नाचगान गरिरहेका छन्।
  9. चीन कसले जितेको हेर्न चाहन्छ?

    चीन र अमेरिका

    तस्बिर स्रोत, Getty Images

    चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूका लागि अमेरिकी राष्ट्रपतीय निर्वाचन लामो समयदेखि चासो र दिक्दारीको विषय बन्ने गरेको छ।

    संसारमा हुने सबैभन्दा प्रभावशाली प्रजातान्त्रिक नेतृत्वको चयनलाई बेइजिङमा सरकारी अधिकारीहरूले नजिकबाट नियाल्छन्।

    यसपटकको निर्वाचनमा चीन ट्रम्प र बाइडनमध्ये कसले जितेको हेर्न चाहन्छ? एक विश्लेषण

  10. अहिलेको ताजा अवस्था

    नतिजा
  11. फ्लोरिडामा कसरी जिते ट्रम्पले

    फ्लोरिडामा विजयी भएपछि ट्रम्पले एउटा ठूलो अवरोध पार गरेको बताइन्छ। निर्वाचनअघि विभिन्न मत सर्वेक्षणहरूले बाइडनको पक्षमा मतदाताको झुकाव रहेको भनी देखाएका नतिजाहरू पूर्ण रूपमा विश्वसनीय नरहेको देखिएको छ।

    फ्लोरिडा
  12. अमेरिकामा ट्रम्पको विरोधमा प्रदर्शन

    विरोध

    तस्बिर स्रोत, Reuters

    निर्वाचनको रात मतगणना हुँदै गर्दा राजधानी वाशिङटन डीसीको सडकमा ट्रम्पविरोधी प्रदर्शन भइरहेको छ।

    सयौँ मानिसहरू सडकमा उत्रदाँ केही स्थानमा सडक अवरुद्ध भएको बताइएको छ।

    प्रदर्शनकारीहरूले "हामीले न्याय पाउँदैनौँ भने उनीहरूले शान्ति पाउँदैनन्" भन्ने नारा लगाएका छन्।

    सामान्यतया प्रदर्शन शान्तिपूर्ण भएपनि ह्वाइट हाउस बाहिर केही तनाव भएको र तीनजनालाई गिरफ्तार गरिएको एनबीसी समाचार संस्थाले जनाएको छ।

    अन्य राज्यहरूमा पनि साना विरोध प्रदर्शनका घटनाहरू भएका छन्।

  13. के आजै नतिजा आउन सक्छ?

    अमेरिका

    तस्बिर स्रोत, Getty Images

    अहिलेसम्मको कडा प्रतिस्पर्धा हेर्दा अन्तिम नतिजा ढिलो हुनसक्ने देखिएको छ।

    यसपटक हुलाकमार्फत् अत्यधिक मतदान भएको र केही राज्यहरूमा ती मत पहिल्यै गन्न सुरु नगरिएको कारण अन्तिम नतिजा हासिल हुन ढिलो हुने सम्भावना देखिएको छ।

    यस विषयमा हामीले केही समय अगाडि प्रकाशन गरेको सामग्री पढ्नुहोस्

  14. एक वाक्यमा अहिलेसम्मको अवस्था

    ह्वाइट हाउस

    तस्बिर स्रोत, Getty Images

    दुवै उम्मेदवारले जित्ने दाबी गरिरहेको भए पनि नतिजा आउने क्रम जारी छ।

    तर अहिलेसम्मको अवस्थालाई एक वाक्यमा यसरी भन्न सकिन्छ:

    ट्रम्पले अनपेक्षित रूपमा राम्रो गरेका छन् र बाइडन छिटो नतिजा आएका महत्त्वपूर्ण राज्यमा विजयी हुन नसक्दा तथा केही राज्यको मतपरिणाम कुर्दा अन्तिम परिणाम आउन ढिलो हुने देखिएको छ।

  15. आफ्नो 'ठूलो जित हुने' ट्रम्पको दाबी

    ट्रम्प

    तस्बिर स्रोत, Getty Images

    ह्वाइट हाउसको इस्ट रुमबाट बोल्दै ट्रम्पले उनको विचारमा आफूहरूको जित हुन लागेको दाबी गरेका छन्।

    उनले भने: "हामी ठूलो विजयोत्सवको तयारी गर्दैछौँ। हामी सबै जित्दैछौँ।"

    ट्रम्पले फ्लोरिडाको जितलाई प्रशंसा गरेका छन्।

    "हामीले जितेको मात्रै होइन, हामीले ठूलो जित हासिल गर्यौँ।"

    उनले पेनसिल्भेनियामा पनि अग्रतामा रहेको बताए।

    बाइडनले पनि केही समय अगाडि आफू पेनसिल्भियामा अगाडि रहेको बताएका थिए तर त्यहाँ कसले जित्छ भन्न सकिने बेला भएको छैन।

    तर ट्रम्पले निर्वाचनलाई धाँधली भन्दै त्यो “राष्ट्रका निम्ति ठूलो जालसाजी” भएको टिप्पणी पनि गरेका छन्।

    उनले मतगणना तत्काल रोक्नका लागि सर्वोच्च अदालतलाई आह्वान समेत गरेका छन्।

    उनले आफ्नो सम्बोधनको सुरुआतमा “विशाल सहयोगका लागि” भनेर अमेरिकी जनतालाई धन्यवाद दिएका थिए।

    यसअघि ट्रम्पले ट्वीट गर्दै यस्तो लेखेका थिए: 'हामी ठूलो हुँदैछौँ र उनीहरू निर्वाचन चोर्न खोजिरहेका छन्।'

    उनले निर्वाचनको निष्पक्षतामाथि संशय व्यक्त गर्दै हुलाकबाट हुने मतदान प्रत्यक्ष मतदानको दाँजोमा धाँधलीयुक्त हुने पनि भनेका थए। तर आफ्नो दाबी पुष्टी हुने कुनै प्रमाण भने उनले प्रस्तुत गरेनन्।

  16. कुन राज्यमा कुन दल विजयी

    अमेरिका निर्वाचन
    तस्बिरको क्याप्शन, अहिलेसम्मको अवस्था यस्तो छ
  17. बाइडनले एक मत आफूतिर ताने

    नेब्रास्कामा ट्रम्पले जित्ने प्रक्षेपण गरिएको छ। त्यहाँको पाँच इलेक्टरल मतमध्ये चार ट्रम्पलाई र एक बाइडनलाई प्राप्त हुने देखिएको छ।

    अघिल्लो निर्वाचनमा त्यहाँको पाँचैवटा इलेक्टरल कलेज मत ट्रम्पले प्राप्त गरेका थिए।

    दश मत रहेको मिनेसोटामा भने बाइडनले जित्ने प्रक्षेपण गरिएको छ।

  18. आफूले जित्ने दुवै उम्मेदवारको अपेक्षा

    मत परिणाम आउँदा दुई जानबीच तीव्र प्रतिस्पर्धा हुँदा डोनल्ड ट्रम्प र जो बाइडन दुवैले अन्तिम परिणाम आफ्नो पक्षमा हुने आशा व्यक्त गरेका छन्।

    यो X पोस्ट छोड्नुहोस्, 1
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त, 1

    यो X पोस्ट छोड्नुहोस्, 2
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त, 2

  19. अमेरिकाको निर्वाचन कति खर्चिलो?

    सन् २०१६ को निर्वाचन अभियानमा झन्डै ६.५ अर्ब डलर खर्च भएको अनुमान गरिएको छ। त्यो खर्च कसले बेहोर्‍यो? अनि यसपालि कति खर्च भयो होला? हेर्नुहोस् यो भिडिओ।

    भिडिओ क्याप्शन सुरु हुँदैछ, अमेरिका निर्वाचन २०२०: चुनावी अभियानमा कति खर्च हुन्छ? त्यो रकम कहाँबाट आउँछ?
  20. प्रतिस्पर्धा झन् कडा हुँदै, अग्रतामा पुन: बाइडन

    नतिजा