प्रधानमन्त्री कार्कीको सम्बोधनमा मध्यपूर्वको सङ्कट र सत्ता छाड्ने कुरा पनि
इरान र मध्यपूर्वको तनावले "चिन्तित बनाएको" भन्दै प्रधानमन्त्री कार्कीले उक्त क्षेत्रमा विकसित घटनाक्रमलाई नेपाल सरकारले "सूक्ष्म रूपमा नियालिरहेको" जनाइन्।
उक्त क्षेत्रका सम्पूर्ण नेपाली नियोगहरूलाई सुरक्षा सहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको र परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको बताइन्।
कार्कीले इतिहासकै कठिन मोडमा प्रधानमन्त्रीको "जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई मैले आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका" रूपमा लिएको बताइन्।
"मैले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेँ," उनले भनिन्। "अब केही दिनमा यो देशको बागडोर तपाईँहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्ने छ।"