प्रधानमन्त्री सुशीला कार्कीले आफूले
१० वा ११ सदस्यीय मन्त्रिमण्डल बनाउने बताएकी छन्।
बीबीसीसँगको अन्तर्वार्तामा कार्कीले
आफूले केही दिनभित्रै थप मन्त्रीहरू नियुक्त गर्ने बताइन्।
यसअघि विसं २०४६ सालको जनआन्दोलन पछि
बनेको सरकार पनि ११ सदस्यीय थियो। त्यसबेला प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको राजीनामासँगै नयाँ
सरकार गठनको बाटो खुलेको थियो।
त्यसपछि कृष्णप्रसाद भट्टराई
प्रधानमन्त्री बनेका थिए।
विसं २०४६ वैशाख ७ गतेको गोरखापत्र
दैनिकलाई उद्धृत गर्दै रामकुमार घिमिरेले सिनास जर्नलमा प्रकाशित गरेको एक लेख
अनुसार वैशाख ६ गते तत्कालीन राजा वीरेन्द्रले नेपाली कांग्रेसबाट ४ जना, वाम मोर्चाबाट ३ जना, स्वतन्त्र २ जना र राजाबाट २ जना गरी जम्मा ११
सदस्यीय मन्त्रीमण्डल गठन गरेका थिए।
विसं २०४६ सालको मन्त्रिमण्डल:
१. कृष्णप्रसाद भट्टराई -
प्रधानमन्त्री, राजदरबार,
रक्षा र परराष्ट्र
२. श्रीमती सहाना प्रधान - मन्त्री,
उद्योग र वाणिज्य
३. केशरजङ्ग रायमाझी - मन्त्री,
शिक्षा तथा संस्कृति र सामान्य प्रशासन
४. श्री अच्यूतराज रेग्मी - मन्त्री,
आवास तथा भौतिक योजना
५. श्री महेन्द्रनारायण निधि मन्त्री
- जलश्रोत तथा स्थानीय विकास
६. श्री योगप्रसाद उपाध्याय -
मन्त्री, गृह र सञ्चार
७. श्री निलाम्वर आचार्य - मन्त्री,
कानून तथा न्याय श्रम तथा सामाजिक
कल्याण र पर्यटन
८. श्री मार्सल जुलुम शाक्य -
मन्त्री आपूर्ति, निर्माण तथा
यातायात
९. श्री झलनाथ खनाल - मन्त्री कृषि भूमिसुधार
तथा व्यवस्था र वन तथा भू- संरक्षण
१०. श्री देवेन्द्रराज पाण्डे -
मन्त्री, अर्थ
११. श्री मथुराप्रसाद श्रेष्ठ -
मन्त्री, स्वास्थ्य