बाढीपहिरोका कारण मारिनेको सङ्ख्या १७०, अलपत्र यात्रुलाई गन्तव्यमा पुग्न सघाउने सर्वदलीय बैठकको निर्णय
बिहीवारदेखि पूर्वी र मध्य नेपालका भएको अविरल वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानका कारण काठमाण्डू उपत्यकासहित विभिन्न जिल्लामा धनजनको ठूलो क्षति भएको छ।
सारांश
बाढी, पहिरो र चट्याङका कारण शुक्रवारयता झन्डै १७० जनाको मृत्यु भएको पुष्टि, ४२ जना बेपत्ता, १११ जना घाइते
४,००० जनाभन्दा बढीको उद्धार
काठमाण्डू उपत्यकामा मात्रै ३५ जनाको मृत्यु
धादिङको झ्याप्लेखोलामा पहिरोले सवारीसाधनहरू पुरेको ठाउँमा कम्तीमा ३५ शव फेला, अलपत्र यात्रुको उद्धार र आकस्मिक सेवाका लागि निर्माणाधीन सुरुङमार्ग प्रयोग
राजधानी काठमाण्डू जोड्ने सबै प्रमुख राजमार्गहरू अवरुद्ध, सयौँ यात्रु बाटोमा अलपत्र
उद्धार र राहतका लाति हजारौँको सङ्ख्यामा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका सुरक्षाकर्मी परिचालित
लाइभ कभरेज
आजका लागि विश्राम
केही दिनदेखि भएको अविरल वर्षाका कारण पूर्वी र मध्यनेपालका विभिन्न जिल्लामा धनजनको ठूलो क्षति भएको छ।
आइतवार साँझसम्म बाढी, पहिरो र चट्याङमा परी झन्डै १७० जनाको मृत्यु, ४२ जना बेपत्ता, १११ जना घाइते भएको पुष्टि अधिकारीहरूले गरेका छन्।
धादिङको झ्याप्लेखोलामा पहिरोले सवारीसाधनहरू पुरेको ठाउँमा कम्तीमा ३५ शव फेला परेका छन्।
विभिन्न जिल्लामा गरी ४,००० जनाभन्दा बढीको उद्धार गरिएको छ भने काठमाण्डू उपत्यका जोड्ने लगभग सबै मार्ग अवरुद्ध भएका छन्।
तस्बिरको क्याप्शन, बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको मङ्गलटारमा बाढीले सडक भत्काएपछि बीच बाटोमा तीन दिन देखि अलपत्र परेका यात्रुहरूलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो
तस्बिर स्रोत, RSS
तस्बिरको क्याप्शन, काठमाण्डू र धादिङको सीमानजिकै पर्ने धादिङको धुनिबेँसी नगरपालिका–९ झ्याप्लेखोलाको पहिरोमा पुरिएका मानिसहरुको उद्धार भइरहँदा स्थानीय र मृतकका आफन्तहरूको भिड लागेको थियो।
तस्बिर स्रोत, RSS
तस्बिरको क्याप्शन, अविरल वर्षासँगै सडकमार्ग अवरूद्ध भएपछि विमानस्थलमा बिहानैदेखि यात्रुको चाप बढेको थियो
तस्बिर स्रोत, RSS
तस्बिरको क्याप्शन, निरन्तर भएको वर्षाका कारण काठमाण्डूका कतिपय खानेपानी आपूर्ति प्रणालीमा बाढी पसेर पुर्याएको क्षति पुर्याएको छ
तस्बिर स्रोत, RSS
तस्बिरको क्याप्शन, राजमार्गहरू अवरुद्ध भए पनि गोगंबुस्थित नयाँ बसपार्कमा दशैँमा घर जानको लागि टिकट काट्न मानिसहरूको भिड देखिन थालेको छ
बाढीपहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १७०
तस्बिर स्रोत, RSS
केही दिनदेखि भएको अविरल वर्षाका कारण निम्तिएको विपद्मा ज्यान गुमाउनेको सङ्ख्या झन्डै १७० पुगेको अधिकारीहरूले बताएका छन्।
गृह मन्त्रालयले अझै ४२ बेपत्ता रहेको र विपद्का घटनामा १११ जना घाइते भएको जनाएको छ।
“विपद् प्रभावितको खोज तथा उद्धार र राहतका लागि सबै सुरक्षा निकायहरू परिचालन भई निरन्तर कार्य गरिरहेका छन्। हालसम्म ४,००० जनाको उद्धार गरिएको छ,” गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले भने।
मन्त्रालयले अवरुद्ध राजमार्गहरू खुलाउने कार्यलाई प्राथमिकतामा राखिएको जनाएको छ।
प्रवक्ता तिवारीले पृथ्वी राजमार्गको झ्याप्लेखोलामा भएको अवरोध हटाएर आइतवार रातीबाटै सवारी साधनको आवागमन खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए।
अलपत्र यात्रुको उद्धार
तस्बिर स्रोत, Nepali Army
बीपी राजमार्गस्थित भ्याकुरे खोलामा आएको बाढी र पहिरोका कारण अलपत्र परेका काठमाण्डू तर्फ जाने १,२०० जना र सिन्धुलीतर्फ जाने ३०० जना गरी झण्डै १५०० जना यात्रुहरूलाई सुरक्षा निकाय र स्थानीयवासीहरूको सहयोगमा सुरक्षित स्थानमा सारिएको नेपाली सेनाले जनाएको छ।
त्यसैगरी कानढुङ्ग्री भन्ने स्थानमा पहिरोबाट अवरुद्ध हुन पुगेको बीपी राजमार्गको खण्डमा पहिरो हटाइएको र भासिएको स्थाननजिकै वैकल्पिका बाटो समेत निर्माण गरी आवागमन खुलाइएको जनाइएको छ।
अलपत्र यात्रुहरूलाई गन्तव्यमा पुर्याउने सर्वदलीय बैठकको निर्णय
तस्बिर स्रोत, RSS
कार्यवाहक
प्रधानमन्त्री प्रकाशमान सिंहले आह्वान गरेको सर्वदलीय बैठकले अवरुद्ध राजमार्गहरू
तत्काल खुलाएर आवागमन चालु गराउन पहल गर्ने निर्णय गरेको छ। राजधानी
काठमाण्डू जोड्ने अधिकांश सडक सञ्जाल पहिरोका कारण अवरुद्ध भएको अधिकारीहरूले
बताएका छन्।
“देशको राजधानीलाई बाँकी
भूभागसँग जोड्ने सबैजसो राजमार्गहरूमा सानो ठूलो रोकावट आई आवागमन अवरुद्ध हुन
गएको वर्तमान अवस्थालाई तत्काल सम्बोधन गर्न भौतिक पूर्वाधार तथा यातायात
मन्त्रालयले आफ्नो सम्पूर्ण संयन्त्र प्रयोग गरी तत्काल पहिरो पन्छाई बाटो खुलाई
आवागमन चालु गर्ने,” सर्वदलीय बैठकको निर्णयमा भनिएको
छ।
सिंहदरबारमा
बसेको सर्वदलीय बैठकले गन्तव्यमा पुग्न नसकी अलपत्र परेका यात्रुहरूहरूलाई निश्चित
गन्तव्यमा पुर्याउने निर्णय गरेको छ। सर्वदलीय बैठकले गरेका नौ वटा निर्णयहरूमा बाढी
र पहिरोमा घाइते भएकाहरूलाई “तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत
सामग्री उपलब्ध गराउने” उल्लेख छ।
बैठकले
अवरुद्ध इन्टरनेट र टेलिफोन सेवा यथाशक्य छिटो सञ्चालनमा ल्याउन सूचना तथा सञ्चार प्रविधि
मन्त्रालयलाई निर्देशन दिएको छ।
बैठकले
विपद् पछिको महामारीको सम्भावनालाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा औषधि उपचार
र आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र
स्थानीय तहहरूलाई समन्वय गर्न भनेको छ।
बैठकले
बाढीका कारण क्षतिग्रस्त पुल, सडक, विद्यालय, स्वास्थ्य चौकी, सुरक्षा निकायको भवन, विद्युत् संरचनालगायत
पूर्वाधार र कृषि तथा पशुपन्छीपालनका क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन
गरी पुनर्निर्माणको लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
बाढीपहिरोबाट
घरबास गुमाएका पीडितहरूका लागि सम्बन्धित सरकारी निकायहरूबाट उचित आवासको प्रबन्ध
गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।
बैठकले
प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सहयोग गर्न निजी क्षेत्र, आम नागरिक र सङ्घ
संस्थाहरूलाई अपील गर्ने निर्णय पनि गरेको छ।
मृतकको सङ्ख्या झन्डै १५०, ५५ जना अझै बेपत्ता
अविरल वर्षाका कारण निम्तिएको बाढीपहिरोमा परेर ज्यान गुमाउनेको
सङ्ख्या झन्डै १५० पुगेको अधिकारीहरूले बताएका छन्।
नेपाल प्रहरीले सामाजिक सञ्जाल 'एक्स'मा राखेको विवरणअनुसार
१४८ जनाको ज्यान गएको पुष्टि भएको छ। अझै ५५ जना बेपत्ता छन्। घाइतेको सङ्ख्या १०५
रहेको प्रहरीले जनाएको छ।
अहिलेसम्म सुरक्षा निकायहरूले ३,६०० जनाभन्दा बढीको उद्धार गरिएको जनाएका
छन्।
सप्तकोशी नदीमा जलस्तर बढेसँगै कोशी नदीमा सवारीसाधनको अवागमनमाथि शनिवार अपराह्णबाट लगाइएको प्रतिबन्ध हटाइएको छ। पानीको सतह खतराको तहभन्दा पर
गएको भन्दै शनिवार स्थानीय प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको थियो।
सुनसरीका प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाले आइतवार अपराह्ण ५ बजेदेखि सवारीसाधन र मानिसको आवतजावत खुला गरिएको
बीबीसीलाई बताए। दिउँसो २ः३० बजे त्यहाँ पानीको बहाव घटेर तीन लाख ९८ हजार क्यूसेक मापन गरिएको छ।
बिहान कोशी ब्यारेजमा पानीको बहाव छ लाख ६१ हजार क्यूसेकभन्दा बढी मापन गरिएको थियो।
भारत सरकारको जल संसाधन
विभागले नेपालमा भारी वर्षाका कारण आइतवार बिहान ५ बजे कोशी ब्यारेज वीरपुरबाट ६
लाख ६१ हजार क्यूसेकभन्दा बढी पानी प्रवाह भएको जनाउँदै त्यो सन् १९६८ यताकै सर्वाधिक रहेको उल्लेख गरेको थियो।
शनिवार रातिबाट कोशीको पुलमाथिबाटै पानी बग्दा जम्मा भएको फोहोर सुरक्षाकर्मी र स्थानीयवासीले सफा
गरेका थिए। पानीको तहमा उच्च वृद्धि भएसँगै भारततर्फको नदी किनारा र तटीय
क्षेत्रका मानिसहरूलाई पनि सावधानी अपनाउन भनिएको थियो।
'अहिलेलाई भारी वर्षाको सम्भावना टर्यो'
जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले विगत तीन घण्टामा नेपालका
एक-दुई स्थानमा मात्रै वर्षा भएको बताएकी छन्। उनका अनुसार कोशी प्रदेशको एक ठाउँमा
मध्यम खालको वर्षा भएको छ भने लुम्बिनी प्रदेशमा छिटफुट वर्षा भएको थियो।
“तर अहिले खासै वर्षा भइरहेको छैन। आज र भोलि मौसममा
सुधार हुने देखिएको छ। अहिलेलाई 'भारी वर्षा'को सम्भावना टर्यो।”
तर जल तथा मौसम विज्ञान विभागले
देशका विभिन्न भागमा मङ्गलवारबाट हल्कादेखि मध्यम तहको वर्षा हुन सक्ने
जनाएको छ। त्यस बेला कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको
र अरू ठाउँमा मौसम सफा रहने विभागको अनुमान छ।
यसअघि आइतवार बिहानको बुलेटिनमा मौसम
विज्ञान विभागले कोशी, बागमती र
लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिमबाट बच्न सतर्कता अपनाउन चेतावनी दिएको थियो।
बङ्गालको खाडीमा विकसित नयाँ न्यूनचापीय प्रणालीका कारण वर्षा मनसुन सकिने बेलातिर "ठूलो मौसमी प्रणाली" उत्पन्न भएको र त्यसैले नेपालमा ठूलो वर्षा गराएको मौसमविद्हरूले बताएका छन्।
आकाशबाट पानीको मात्राअनुसार वर्षालाई
पाँचवटा वर्गमा विभाजन गरिन्छ -
अतिभारी वर्षा - २०० मिलिमिटर वा त्योभन्दा बढी
धेरै भारी वर्षा - १०० मिलिमिटरदेखि २०० मिलिमिटरसम्म
झ्याप्लेखोलामा थप शव फेला पर्यो, अलपत्र यात्रुको उद्धार गर्न 'सुरुङमार्ग प्रयोग'
तस्बिर स्रोत, Jeevan Nepal
प्रहरीले धादिङको झ्याप्लेखोलामा सवारीसाधन पुरिएर ज्यान गुमेका अरू व्यक्तिहरूको पनि शव फेला परेको जनाएको छ। अहिलेसम्म त्यहाँ कम्तीमा ३५ जनाको मृत्यु भएको पुष्टि भएको छ।
झ्याप्लेखोलामा पहिरोका कारण बाटो अवरुद्ध हुँदा अलपत्र परेका यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउन तथा आकस्मिक सेवाका लागि निर्माणाधीन नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उपयोग गरिएको अधिकारीहरूले बताएका छन्।
काठमाण्डूको चन्द्रागिरि नगरपालिका र धादिङको सिमानामा पर्ने झ्याप्लेखोलामा पहिरोले पुरिएका सवारीसाधनहरूबाट आइतवार थप १५ जनाको शव निकालिएको अधिकारीहरूले बताएका छन्।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार सो ठाउँबाट शनिवार १४ वटा शव फेला परेका थिए।
उक्त स्थानमा पनि खोज तथा उद्धार जारी छ।
त्यहाँ कतिवटा सवारीसाधन पुरिएका छन् भन्न सक्ने अवस्था नरहेको थापाले बताए।
तस्बिरको क्याप्शन, झ्याप्लेखोलामा पहिरोले सवारीसाधनहरू पुर्दा धेरै यात्रुको मृत्यु भएको छ
अहिलेसम्म हामीलाई के थाहा छ
अत्यधिक वर्षाका कारण बाढी, पहिरो र चट्याङबाट शुक्रवारयता कम्तीमा १२७ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
गृह मन्त्रालयले बाढी र पहिरोका घटनामा ६३ जना बेपत्ता भइरहेको र ७६ जना घाइते भएको जनाएको छ। राजधानी काठमाण्डू उपत्यकामा मात्रै ३५ जनाले ज्यान गुमाएका छन्।
धादिङको झ्याप्लेखोलामा पहिरोमा पुरिएका सवारीसाधनबाट २९ जनाको शव निकालिएको प्रहरीले जनाएको छ। काठमाण्डू आउँदै गरेका यात्रुवाहक सवारीसाधनहरू सडक अवरुद्ध भएपछि रोकिएकै ठाउँमा पहिरो खस्दा पुरिएका थिए।
राजधानी काठमाण्डू जोड्ने सबै प्रमुख राजमार्गहरू अवरुद्ध हुँदा कैयौँ मानिसहरू बीच बाटोमै रोकिएका छन्।
उद्धार र राहतका लागि हजारौँको सङ्ख्यामा प्रहरी, सेना र सशस्त्र प्रहरी परिचालन गरिएका छन्।
शनिवार अपराह्णदेखि मौसममा सुधार आएको र अब केही दिन ठूलो वर्षा नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नमस्कार।
नमस्कार।
बिहीवारदेखि भएको वर्षाका कारण पूर्वी र मध्यनेपालका विभिन्न जिल्लामा बाढी र पहिरोले धनजनको ठूलो क्षति भएको छ भने क्षतिका विवरणहरू आउने क्रम निरन्तर रहेको अधिकारीहरूले बताएका छन्।
पछिल्लो जानकारीअनुसार कम्तीमा १२९ जनाको ज्यान गएको पुष्टि भएको छ। देशभरिका मुख्य सडकहरू प्रभावित छन् भने नदीनालासँग जोडिएका बस्ती तथा विभिन्न जलविद्युत। परियोजनासहित भौतिक पूर्वाधारहरूमा क्षति पुगेको बताइएको छ।
हामी यो लाइभ पेजमार्फत् तपाईँलाई हामी मनसुन सकिने बेला भएको यो विपत्तिसँग सम्बन्धित विभिन्न जानकारी दिने छौँ।