प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्रिपरिषद्मा समाविष्ट गर्दै मन्त्रिपरिषद्को कार्यविभाजन गरेका छन्। राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार आजै नवनियुक्त मन्त्रीहरूले संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ लिए।
नवनियुक्त मन्त्रीहरूले आफ्नो कार्यभार सम्हाल्न थालिसकेका छन्।
कार्यविभाजनमा खनालले एउटा मन्त्रालय (अर्थ मन्त्रालय)को जिम्मा पाएका छन् भने घिसिङले तीनवटा मन्त्रालय (ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय; भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय; सहरी विकास मन्त्रालय) अनि अर्यालले दुईवटा मन्त्रालय (गृह मन्त्रालय; कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा पाएका छन्।
बाँकी सबै मन्त्रालय प्रधानमन्त्री सुशीला कार्कीसँगै छन्।
प्रधानमन्त्री कार्कीसँग भएका मन्त्रालयहरू यी हुन् -
१) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
२) कृषि तथा पशुपन्छी विकास मन्त्रालय
५) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
६) महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
७) युवा तथा खेलकुद मन्त्रालय
९) वन तथा वातावरण मन्त्रालय
१०) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
११) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
१२) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
१३) सङ्घीय मामिला तथा सामान्य प्रशासन
१४) सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
१५) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय