विश्वका नेताहरूले डोनल्ड ट्रम्पलाई अमेरिकी
राष्ट्रपति बन्ने निश्चित भएकोमा बधाई दिन थालेका छन्।
मतपरिणामको प्रक्षेपणका आधारमा रिपब्लिकन
पार्टीका उम्मेदवार ट्रम्प पुनः राष्ट्रपति निर्वाचित हुने देखिएको छ। त्यसलाई
उनले "ऐतिहासिक चुनावी जित" भनेका छन्।
यूकेका प्रधानमन्त्री किअर स्टार्मरले डोनल्ड
ट्रम्पलाई बधाई दिँदै भनेका छन्, "आगामी वर्षहरूमा म तपाईँसँग काम गर्न तयार रहेको
छु।"
स्टार्मरले "सबैभन्दा नजिकको साझेदारका रूपमा" स्वतन्त्रता
र लोकतन्त्रका
"साझा
मूल्य" रक्षाका
लागि ट्रम्पसँग 'काँधमा
काँध' मिलाएर खडा हुने विश्वास व्यक्त
गरेका छन्।
उनले आगामी वर्षहरूमा सुरक्षा, नवप्रवर्तन,
प्रविधिलगायतको
विकास र सुरक्षाका विषयमा यूके र अमेरिकाको "विशेष सम्बन्ध" थप
विस्तार हुने ठानेको जनाएका छन्।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले पनि ट्रम्पलाई
बधाई दिएका छन्।
उनले भनेका छन्, "तपाईँको ऐतिहासिक पुनरागमनका लागि
बधाई! ह्वाइट
हाउसमा तपाईँको फिर्तीले अमेरिकाका लागि नयाँ सुरुवात र इजरेल तथा अमेरिकाबीचको
महान् साझेदारीको शक्तिशाली पुन: प्रतिबद्धतालाई दर्शाउँछ।"
युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आफूले
अमेरिका-युक्रेन साझेदारीको 'दरिलो युग'को पर्खाइमा रहेको बताउँदै
रुसविरुद्धको युद्धमा लगातारको अमेरिकी सहयोगका लागि आशावादी रहेको जनाएका छन्।
फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले
युरोपको हितको रक्षा गर्दै ट्रम्पसँग "सम्मान र महत्वाकांक्षा"का साथ
काम गर्न तयार रहेको बताएका छन्।
हङ्गेरीका दक्षिणपन्थी राष्ट्रपति भिक्टर
ओर्बानले "विश्वका लागि अति आवश्यक विजय" भनेका
छन्।