पोखरा विमान दुर्घटनामा ज्यान गुमाएका केही व्यक्तिहरू यी हुन्

लोकगायिका निरा छन्त्याल प्रायः यती एअरलाइन्समा यात्रा गरिरहन्थिन्।

तस्बिर स्रोत, Supplied

तस्बिरको क्याप्शन, लोकगायिका निरा प्रायः यती एअरलाइन्समा यात्रा गरिरहन्थिन्

माघ १ गते आइतवार पोखरामा यती एअरलाइन्सको विमान दुर्घटना हुँदा विमानमा सवार ७१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने एक जनाको स्थिति अझै अज्ञात छ।

अधिकारीहरूका अनुसार चालकदलका चार सदस्यबाहेक ५३ नेपाली, पाँच भारतीय, चार रुसी, दुई दक्षिण कोरियाली तथा यूके, अस्ट्रेलिया, आर्जेन्टिना र फ्रान्सका एक-एक नागरिक थिए।

विमानमा तीन शिशुसहित छ बालबालिका पनि थिए।

अवतरणको अनुमति लिइसकेको विमान कसरी विमानस्थलनजिकै सेती नदीको खोँचमा खस्यो भन्ने स्पष्ट भइसकेको छैन। सुरक्षाकर्मीहरूले विमानको ककपिट भोइस रेडकर्डर र फ्लाइड डेटा रेकर्डर फेला परिसकेका छन्।

दुर्घटनामा गुमाउनेमध्ये अस्ट्रेलियाका एक सौखिन साइकलयात्री, एक दक्षिण कोरियाली सैनिक र उनका छोरा अनि एक नेपाली गायिका पनि थिए।

पोखरामा भएको दुर्घटना नेपालको उड्डयन इतिहासमा तेस्रो ठूलो र आन्तरिक उडानमा सर्वाधिक सङ्ख्यामा मानवीय क्षति भएको घटना हो।

उक्त दुर्घटनामा ज्यान गुमाउने केही व्यक्तिबारे यहाँ चर्चा गरिएको छ।

गायिका निरा छन्त्याल

लोकगायिका निरा छन्त्याल प्रायः यती एअरलाइन्समा यात्रा गरिरहन्थिन्।टिकट त्यति महँगो नहुने भएकाले मध्यम वर्गमाझ पनि नेपालमा हवाईयात्रा लोकप्रिय बनिरहेको छ।

निरा काठमाण्डूमा बस्थिन् र उनी पोखरामा एउटा साङ्गीतिक कार्यक्रममा सहभागी हुन जाँदै थिइन्।

“उनी एकदमै प्रतिभाशाली कलाकार थिइन् र उनी लोकगीत गाउँथिन्। उनी स्वतःस्फूर्त नै गाउँथिन्,” उनका साथी भीमसेनले भने।“यो क्षतिलाई म शब्दमा बयान गर्न सक्दिनँ।”

माइरन लभ, अस्ट्रेलिया

अस्ट्रेलियाका यात्रु

तस्बिर स्रोत, Supplied

तस्बिरको क्याप्शन, माइरन अस्ट्रेलियामा पढाउँथे

अस्ट्रेलियाका अधिकारीहरूले सिड्नीका २९ वर्षीय शिक्षक माइरन लभले पनि पोखरामा भएको दुर्घटनामा ज्यान गुमाएको पुष्टि गरेका छन्।

साइक्लिङ र सर्फिङ गर्न बछ्ट्टै मन पराउने माइरनलाई "दयालु, रमाइलो र क्रियाशील व्यक्ति’ का रूपमा उनका साथीहरूले सम्झिरहेका छन्।

एक जनाले स्थानीय सञ्चारमाध्यमलाई "त्यतिको राम्रो मान्छे आफूले जीवनमा कहिले पनि नभेटाएको" बताएका छन्।

एउटा विज्ञप्तिमा उनको परिवारले माइरन आफ्ना लागि "बलियो खम्बा" रहेको जनाएका छन्।

“उनले आफ्नो छोटो जीवनमा नै यति गरेका छन् जुन हामी आफ्नो जीवनकालमा गर्न सक्दैनौँ।”

दक्षिण कोरियाली सैनिक र उनका छोरा

पैँतालीस वर्षे यू दक्षिण कोरियाली सेनामा कार्यरत थिए।

जाडोको बिदामा उनी आफ्ना १४ वर्षे छोरालाई लिएर नेपाल घुम्न आएका थिए।

उनीहरू पैदलयात्रा गर्ने उद्देश्यसहित ज्यानुअरी १४ मा दक्षिण कोरियाबाट हिँडेका थिए। उनीहरूले दुर्घटना भएको दिन बिहान पनि परिवारलाई सम्पर्क गरेका थिए।

दक्षिण कोरियाली सञ्चारमाध्यमहरूका अनुसार तर परिवारले बिहान पोखरामा विमान पुग्ने समयपछि उनीहरूबाट कुनै सन्देश पाएन।

दुर्घटना भएको दिन बिहान उनीहरूले भारतबाट नेपाल पुगेको जानकारी गराएका थिए।

विवरणहरूमा उनीहरूले नेपालका विभिन्न ठाउँ घुम्ने योजना बनाएको उल्लेख छ।

सोनु जयसवाल, अभिषेक कुशवाह, अनिल राजभार र विशाल शर्मा

सोनु
तस्बिरको क्याप्शन, दुर्घटना हुनुभन्दा केही सेकेन्डअघि जयसवालले विमानभित्रबाट फेसबुक लाइभ गरेको ठानिएको छ

भारतको उत्तर प्रदेश गाजीपुरका यी चार जना मिलेर नेपाल घुम्न आऐका थिए। उनीहरूबाहेक विमानमा अर्का एक भारतीय नागरिक थिए।

उनीहरूका गाउँलेका अनुसार जयसवाल र उनका साथीहरू काठमाण्डूमा अवस्थित पशुपतिनाथ मन्दिरको दर्शन गर्न ज्यानुअरी १३ मा हिँडेका थिए।

तीन सन्तानका पिता जयसवाल पशुपतिनाथसँग अर्को छोरा प्राप्तिका लागि प्रार्थना गर्न काठमाण्डू आएका थिए। उनीसँगै उनका तीन साथीहरू पनि आए।

काठमाण्डूबाट उनीहरू पोखरा उडे। त्यहाँ प्याराग्लाइडिङ गर्ने उनीहरूको योजना थियो।

विमान अवतरण गर्ने क्रममा भएको बेला पोखराको आकाशबाट जयसवालले उनले फेसबुकमा लाइभ भिडिओ स्ट्रीमिङ गरेका थिए।

को-पाइलट अञ्जु खतिवडा

अञ्जु खतिवडा

तस्बिर स्रोत, Supplied

तस्बिरको क्याप्शन, अञ्जु खतिवडाले झन्डै ६,४०० घण्टा विमान उडाइसकेकी थिइन्

अञ्जु खतिवडा यती एअरलाइन्सको उक्त विमानमा सहचालक थिइन्। उनलाई अग्रणी महिला विमानचालक मानिन्थ्यो।

यती एअरलाइन्समा भएका छ महिला विमानचालकमध्ये उनी पनि थिइन्। उनले झन्डै ६,४०० घण्टा विमान उडाइसकेकी थिइन्।

यती एअरलाइन्सका सुदर्शन बर्तौला भन्छन्, “उनले एक्लै पनि विमानहरू उडाएकी थिइन्। उनी एक साहसिली महिला थिइन्।”

उनका पति दीपक पोखरेल पनि यती एअरलाइन्सका विमान चालक थिए।

उनी सहचालक रहेको विमान सन् २००६ मा दुर्घटनाग्रस्त भएको थियो। पतिको दुर्घटनामा ज्यान गएपछि अञ्जुले पनि हवाई क्षेत्रमा नै आफ्नो भविष्य खोज्ने निधो गरेको बताइएको छ।