गाजाको अस्पतालमा पुग्दा देखियो हृदयविदारक दृश्य

गाजाको अस्पतालमा पुग्दा देखियो हृदयविदारक दृश्य

प्यालेस्टिनी लडाकु समूह हमासले इजरेलमा अप्रत्याशित आक्रमण गरेपछि इजरेलले जबाफी कारबाही गर्दै गाजामा हवाई आक्रमण गरिरहेको छ।

आक्रमणमा परी घाइते तथा मृत्यु भएका मानिसहरूको स्थितिबारे रिपोर्टिङ गर्न गाजास्थित एक अस्पताल पुगेको बीबीसीको एउटा टोलीका सदस्यका आफन्त र साथीहरू नै मारिएको वा घाइते भएको देखेपछि हामीले त्यहाँको दृश्य खिच्नै सकेनौँ।

अलशिफा अस्पतालमा गएका बीबीसी संवाददाता अददान एल्ब्रश र केमरापर्सन मोहमद अल अजरामीले आफ्ना छिमेकीहरू पनि घाइते भएर अस्पताल ल्याइएको देखे।

इजरेली आक्रमणका कारण गाजाको दैनिक जीवन अस्तव्यस्त बनेको छ। सयौँ मानिसको ज्यान गएको छ भने लाखौँ मानिस विस्थापित भएका छन्।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।