इरानले इजरेलमा हवाइ हमला गरेपछि आकाशमा यस्तो देखियो (तस्बिरहरू)

तस्बिर स्रोत, Reuters
इजरेलले आफ्नो देश र उसका साझेदारहरूले इरानले प्रहार गरेका २०० भन्दा धेरै ड्रोन तथा क्षेप्यास्त्रमध्ये अधिकांशलाई आकाशमै निस्तेज पारिदिएको जनाएको छ।

तस्बिर स्रोत, Reuters
इजरेली सेनाले इरानले क्रूज क्षेप्यास्त्र र बलिस्टिक क्षेप्यास्त्रसहित घातक ड्रोनहरू हमलाका क्रममा प्रयोग गरेको जनाएको छ।

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
सिरियास्थित आफ्नो कूटनीतिक नियोगमा इजरेलले हमला गरेको भन्दै जबाफी हमलास्वरूप इरानले पछिल्ला प्रहारहरू गरेको जनाएको छ।

तस्बिर स्रोत, EPA
आफ्नै भूमिबाट इरानले इजरेललाई निशाना बनाएको यो पहिलो घटना हो।

तस्बिर स्रोत, Reuters
स्थानीय समयअनुसार रातको १ बजेर ४५ मिनेट जाँदा जेरुसेलममा साइरन बज्न थालेको थियो।
सहरमाथिको आकाशमा हवाई प्रतिरक्षा प्रणालीले वस्तुहरू निस्तेज पार्दा ठूलो विस्फोटनको आवाज सुनिएको थियो।

निस्तेज पार्ने प्रक्रिया चलिरहँदा आकाशमा प्रकाश चम्किएको देखिएको थियो।

तस्बिर स्रोत, Reuters
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




