'व्यवस्था फेरियो, माथिको अवस्था उस्ताको उस्तै': जेन जी आन्दोलनका घाइते के चाहन्छन्

भिडिओ क्याप्शन सुरु हुँदैछ,
'व्यवस्था फेरियो, माथिको अवस्था उस्ताको उस्तै': जेन जी आन्दोलनका घाइते के चाहन्छन्

नेपालमा जेन जी आन्दोलन सुरु भएको एक महिना पुगेको छ।

गत भदौ २३ गते जेन जी नवपुस्ताका युवाहरूले गरेको प्रदर्शनमा सहभागी भएका कालीकोटका धर्मेन्द्र शाही प्रहरीले प्रहार गरेको गोली लागेर काठमाण्डूको नयाँबानेश्वर क्षेत्रमा ढले।

उनलाई नजिकै रहेको निजामती कर्मचारी अस्पताल लगियो। त्यहाँ उनको शरीरबाट तीनवटा गोली निकालियो भने एउटा गोली अझै उनको छातीभित्र छ।

आन्दोलन उत्कर्षमा पुगेपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो र सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको छ।

उनी सरकारले अब के गरोस् र देशमा के होओस् भन्ने चाहन्छन् त? घर फर्किनुअघि उनले बिहीवार अस्पतालको शय्याबाट व्यक्त गरेको धारणा हेर्नुहोस्।

भिडिओ : विजय गजमेर

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।