तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हैजाका कारण पत्नी र छोरा गुमाएपछि गाउँलाई खुला दिसामुक्त बनाउने अभियान
हैजा लागेर आफ्नी पत्नी र छोराको मृत्यु भएपछि उत्तरी नाइजिरिआको किन्डर गाउँका अबुबकर वकलाले जथाभाबी दिसा गर्ने कति घातक रहेछ भन्ने थाहा पाए।
त्यसपछि उनले आफ्नो गाउँलाई खुला दिसामुक्त बनाउने अभियान थाले।
अहिले पनि उनी खुला ठाउँमा दिसा गर्दा उत्पन्न हुने समस्याबारे सचेतना जगाउन सक्रिय छन्। अहिले यो समस्या आफ्नो गाउँबाट हटिसकेको उनी दाबी गर्छन्।
गाउँलेहरू पनि वकलाको अभियानबाट आफूहरूलाई फाइदा भएको बताउँछन्।
आफ्नो शेषपछि युवा पुस्ताले स्वच्छताको अभियानलाई निरन्तरता दिने यी वृद्धको आशा छ।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।