'सन्न्यास लिने योजना छैन': भारोत्तोलनमा रमाउँदै ७३ वर्षे वृद्धा

भिडिओ क्याप्शन सुरु हुँदैछ,
'सन्न्यास लिने योजना छैन': भारोत्तोलनमा रमाउँदै ७३ वर्षे वृद्धा

स्वास्थ्यजाँचका सिलसिलामा चिकित्सकले व्यायाम गरेर तौल घटाउन भनेपछि जीवनको उत्तरार्धमा आएर रोजालिन युमारले भारोत्तोलन गर्न थालिन्। उनी ७३ वर्षकी भइन्।

तर तौल घटाउने मात्र नभई अरू पनि धेरै फाइदा हुन थालेपछि आफूले भारोत्तोलनलाई निरन्तरता दिएको उनी बताउँछिन्। उनी अन्य खालका व्यायाम पनि गर्छिन्।

त्यसैले आफ्नो अनुहारले मात्र वास्तविक उमेर खुल्ने तर घाँटीभन्दा मुनि आफू कम उमेरकी भएको उनको दाबी छ।

युमारले भारोत्तोलन गर्न थालेको १६ वर्ष भयो र हाल साताको पाँच दिन यसको अभ्यास गर्छिन्।

'सन्न्यास'बारे प्रश्न सोध्दा युमार भन्छिन्, "मेरो योजनामा छैन।"

बीबीसी पिजिनले बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।