पौडीप्रतिको लगावले ८० वर्षे महिलालाई ५०० भन्दा बढी ट्रफी जितायो

भिडिओ क्याप्शन सुरु हुँदैछ, पौडीप्रतिको लगावले ८० वर्षे महिलालाई ५०० भन्दा बढी ट्रफी जितायो
पौडीप्रतिको लगावले ८० वर्षे महिलालाई ५०० भन्दा बढी ट्रफी जितायो

यो भारतको गुजरात राज्यको सूरतमा बस्ने ८० वर्षे महिला बकुलाबेन पटेलको कथा हो।

उनले ५८ वर्षको उमेरमा पौडी खेल्न थालेकी हुन् र त्यसप्रतिको लगावले गर्दा उनले अनेकौँ पुरस्कार जितेकी छन्।

अब ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’मा उनको ध्यान गएको छ भने उनी सिकारुहरूलाई तालिम दिन पनि चाहन्छिन्।

रूपेश सोनावाने र सागर पटेलले बनाएको भिडिओ हेर्नुहोस्।