माघे सङ्क्रान्तिमा गोरु जुधाउने परम्पराबारे कस्तो किंवदन्ती छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, गोरु जुधाइ: माघे सङ्क्रान्तिको अनौठो परम्पराबारे किंवदन्ती
माघे सङ्क्रान्तिमा गोरु जुधाउने परम्पराबारे कस्तो किंवदन्ती छ

हरेक वर्ष माघे सङ्क्रान्तिका दिन आयोजना गरिने गोरु जुधाइको एक मौलिक परम्परा नेपालका विभिन्न ठाउँमा दशकौँदेखि प्रचलित छ।

मनोरञ्जनका निम्ति आयोजना हुने गोरु जुधाइने प्रतियोगिता आन्तरिक पर्यटकहरूका निम्ति आकर्षण बन्न थालेको छ।

गोरु जुधाइमा भाग लिने गोरुको खानपानमा समेत विशेष ध्यान दिइने गोरुधनी बताउँछन्।

यस वर्ष नुवाकोटको वेत्रावतीमा नौ र तारुकामा १७ हल गोरुबीच प्रतिस्पर्धा गराइएको आयोजक बताउँछन्।

वेत्रावतीबाट शक्तिमाया तामाङको सहयोगमा कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।