संसारका ६ ठूला म्याराथन दौड पूरा गरेकी दृष्टिविहीन धाविका

संसारका ६ ठूला म्याराथन दौड पूरा गरेकी दृष्टिविहीन धाविका

हङ्‌कङकी इन्ती फू दृष्टिविहीन महिला हुन् तर उनले संसारका छ ठूला म्याराथन पूरा गरिसकेकी छन्।

सन् २०१४ देखि २०२३ सम्ममा उनले न्यूयोर्क, बोस्टन, शिकागो, बर्लिन, टोकियो र लन्डनमा आयोजित म्याराथन पूरा गरेर 'सिक्स-स्टार' पदक पाएकी छन्।

उनका पति क्रिस लोले उनलाई मार्गदर्शकका रूपमा सघाउँदै आएका छन्।

यी दुईबीचको प्रेमसम्बन्धमा पहिले धेरै उतारचढाव आए पनि खेलप्रति फूको मोहले उनीहरूलाई एक बनाएको हो।

बीबीसी न्यूज चाइनिजले बनाएको यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।