तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पाकिस्तानको चुनावमा यी महिलाले ल्याउन खोजेको परिवर्तन
यसै साताको बिहीवार पाकिस्तानमा निर्वाचन हुन लागेको छ।
उक्त दिन त्यहाँको रूढिवादी समाजका हजारौँ महिलाहरूलाई उनीहरूकै परिवारका पुरुषहरूले मताधिकारबाट वञ्चित गर्ने आशङ्का छ।
खैबर पख्तून्ख्वा प्रान्तको शाङ्ला जिल्लाकी साजिदा बिबीका अनुसार कठोर सामाजिक मूल्यमान्यताका कारण धेरै महिलाहरू घरबाट निस्किन पनि सङ्कोच मान्छन्।
तर केही क्षेत्रमा भने बिस्तारै परिवर्तन देखा पर्न थालेको छ। बलोचिस्तान प्रान्तको झल मग्सीमा रेहना मग्सी आफ्नो गाउँमा चुनाव उठ्ने पहिली महिला बन्दै छिन्। त्यहाँका एक जमिनदारसँग उनको प्रतिस्पर्धा हुँदै छ।
दुई फरक अवस्थामा रहेका यी महिलाहरूसँग कुरा गरेर बनाइएको यो भिडिओ हेर्नुहोस्। तीमध्ये साजिदा बिबीको पहिचान संरक्षणका लागि हामीले छद्मनाम प्रयोग गरेका छौँ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।