बाजा बजाउन लगाएर पार्किन्सन्स् भएकी बिरामीको मस्तिष्कको शल्यक्रिया

भिडिओ क्याप्शन सुरु हुँदैछ,

पार्किन्सन्स् भएकाले मस्तिष्कको शल्यक्रिया 'डीबीएस' गराउँदा 'क्ल्यारिनेट' बाजा बजाएकी एक महिलाले बीबीसीसँग कुरा गर्दै शल्यक्रियाका क्रममा आफ्ना औँलाहरू "राम्ररी र चाँडोचाँडो चलेका" र निकै गजबको अनुभूति भएको बताएकी छन्।

पार्किन्सन्स्‌ रोगका कारण ६५ वर्षीया डेनिस बेकनलाई हिँडडुल गर्न, नाच्न, पौडी खेल्न र बाजा बजाउन निकै गाह्रो हुन थालिसकेको थियो। लन्डनस्थित किङ्स् कलेज अस्पतालमा चार घण्टा लगाएर उनको शल्यक्रिया भयो।

शल्यक्रियाको नेतृत्व गर्ने चिकित्सकका अनुसार "उनको प्रिय बाजा बजाउन सक्ने क्षमतामा सुधार गर्नका लागि" मस्तिष्कभित्र जडान गरिएका इलेक्ट्रोडलाई राम्ररी प्रतिस्थापन गर्न बेकनलाई अचेत बनाइएको थिएन र उनले पूरै अवधि बाजा बजाउन ‍लगाइएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।