अल्जाइमर्स हुँदा पनि नाच्न खोजेको जस्तो देखिने यी महिला को हुन्
विस्मृति भएका वृद्धवृद्धालाई सङ्गीत सुनाएर उपचार गर्ने एउटा स्पेनी संस्थाले केही समयअघि सार्वजनिक गरेको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो।
उक्त भिडिओमा अल्जाइमर्सबाट पीडित ती वृद्धाले एउटा साङ्गीतिक संयोजन सुन्दा ब्याले नृत्यका चरणहरू सम्झिको स्पष्ट देखिन्थ्यो।
उक्त संस्थाले मार्टिना गोन्जालेज नामक ती वृद्धाबारे थप जानकारी प्राप्त भएको जनाएको छ। पहिला ठानिए जस्तो उनी न्यूयोर्क ब्यालेकी प्रमुख नर्तकी भने नभएको उसको भनाइ छ।
को हुन् त ती वृद्धा? हेर्नुहोस् यो भिडिओ।

