शरीरभरि सबैभन्दा धेरै 'ट्याटू' बनाएकी महिला

भिडिओ क्याप्शन सुरु हुँदैछ,
शरीरभरि सबैभन्दा धेरै 'ट्याटू' बनाएकी महिला

शरीरभरि ट्याटू खोपाएकी एस्परान्स फुएर्जिनाले 'गिनिस वर्ल्ड रेकर्ड्स' पुस्तकमा विभिन्न विधामा आफ्नो नाम लेखाएकी छन्।

उनी संयुक्त राज्य अमेरिकाकी भूतपूर्व सैनिक हुन्।

उनीसँग शरीरमा सर्वाधिक ट्याटू भएकी महिला, सर्वाधिक ट्याटू बनाउने जीवित व्यक्ति र शरीरमा सर्वाधिक परिवर्तन गराएकी महिलाको उपाधि छ।

सबैप्रति दया गर्नुपर्छ भन्ने मान्यता राख्ने यी महिलाले १० वर्षको अवधिमा आफ्नो शरीरको ९९.९८ प्रतिशत देखिने भागमा ट्याटू बनाएकी हुन्।

उनले टाउकोको छाला, दुवै आँखाको ढकनी, आँखाको सेतो भाग, गिजा, जिब्रो र दुवै पैतालामा पनि ट्याटू बनाएकी छन्।

आगामी महिना सेप्टेम्बरमा प्रकाशित हुन लागेको 'गिनिस वर्ल्ड रेकर्ड् २०२५' पुस्तकमा उनको नाम समाविष्ट हुने छ। हेर्नुहोस् यो रोचक भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।