आफूमाथि छुरा प्रहार भएको पुरानो घटनाबारे सलमान रुश्दी के भन्छन्

भिडिओ क्याप्शन सुरु हुँदैछ,
आफूमाथि छुरा प्रहार भएको पुरानो घटनाबारे सलमान रुश्दी के भन्छन्

चर्चित तथा विवादित ब्रिटिश-अमेरिकी लेखक सर सलमान रुश्दीले झन्डै आफ्नो ज्यान जाने गरी भएको एक घातक आक्रमणबारे बीबीसीसँग कुराकानी गरेका छन्।

सन् २०२२ को अगस्टमा अमेरिकाको न्यूयोर्कमा एक शैक्षिक संस्थामा प्रवचन दिने तयारी गरिरहेका बेला यी लेखकलाई मञ्चमा नै छुरा प्रहार गरिएको थियो। तर दर्शकहरू मञ्चमा गएर उनलाई बचाएका थिए।

भारतमा जन्मिएका ७६ वर्षे रुश्दीलाई आधुनिक समयका सबैभन्दा प्रभावशाली लेखकमध्ये एक मानिन्छ।

अभिव्यक्ति स्वतन्त्रताको सशक्त वकालत गर्ने यी लेखकलाई केही मुस्लिम नेताहरूले भने धर्मनिन्दक भएको आरोप लगाएका छन्।

मुस्लिम परिवारमै जन्मिए पनि रुश्दी आफू नास्तिक भएको बताउँछन्।

सन् १९८८ मा प्रकाशित उनको पुस्तक 'द सट्यानिक भर्सेस' विवादमा आएपछि कतिपय मुस्लिम अगुवाले उनलाई मारिनुपर्ने माग गरेका थिए। त्यसपछि उनी धेरै वर्षसम्म लुकेर बसेका थिए।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।