सलमान रुस्दी: लुक्दालुक्दै प्रसिद्धि कमाएका लेखकको नाटकीय जीवन

रुस्दी

तस्बिर स्रोत, PA Media

न्यूयोर्कमा एउटा मञ्चमा आसीन भएका बखत छुरी प्रहार गरेर गम्भीर अवस्थामा पुगेका सर सलमान रुस्दीले आफ्नो पाँच दशक लामो साहित्यिक कामका कारण कैयौँ ज्यान मार्ने धम्की पाउने गरेका थिए।

यी ब्रिटिश साहित्यकारका धेरै पुस्तकहरू सफल थिए।

उनको दोस्रो पुस्तक 'मिडनाइट्स चिल्ड्रेन'का लागि उनले सन् १९८१ मा द बुकर पुरस्कार पाएका थिए। 

उनको सन् १९८८ मा प्रकाशित चौथो उपन्यास 'द सेटनिक भर्सेस' उनको सबभन्दा विवादास्पद कृति बन्न पुग्यो जसले अन्तर्राष्ट्रिय रूपमा विवाद र आक्रोश पैदा हुन पुग्यो।

रुस्दीमाथि ज्यान मार्ने धम्कीका कारण उनी लुकेर बस्न बाध्य भए र ब्रिटिश सरकारले उनलाई प्रहरी सुरक्षा घेराभित्र राख्न थाल्यो। 

पुस्तकमाथिको विवाद बढ्दै जाँदा यूके र इरानबीचको कूटनीतिक सम्बन्ध टुट्यो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, सलमान रुस्दीलाई वर्षौँदेखि नटरेको खतरा

तर सधैँभरि पश्चिमा विश्वका लेखकहरू र बौद्धिक वर्गले पुस्तकमाथि मुस्लिम प्रतिक्रिया र अभिव्यक्ति स्वतन्त्रता माथिको खतराको विरोध गरिरहे।

इरानका सर्वोच्च नेता आयातोल्लाह रुहाल्लाह खामेनेईले पुस्तक प्रकाशन भएको दोस्रो वर्ष सन् १९८९ मा रुस्दीको हत्या गर्न फतवा जारी गरेका थिए।

सुरुवाती जीवन

सलमान रुस्दी भारत ब्रिटेनबाट स्वतन्त्र हुनु दुई महिना अघि बम्बेमा जन्मिएका थिए।

१४ वर्षको उमेरमा उनलाई इङ्गल्यान्डमा स्कुल पढ्न पठाइएको थियो।

पछि उनले ब्रिटेनको प्रतिष्ठित किङ्ग्स कलेज इन केम्ब्रिजबाट इतिहासमा अनर्स डिग्री लिएका थिए।

उनी ब्रिटिश नागरिक बने र आफ्नो मुस्लिम धर्मका संस्कारहरू छोड्दै गए।

रुस्दी

तस्बिर स्रोत, Getty Images

उनले छोटो समयका लागि नायकका रूपमा काम गरे।

त्यसपछि उपन्यास लेख्दै विज्ञापन सम्बन्धी काम गरे।

पुस्तकसँगै चर्चा

उनको पहिलो प्रकाशित पुस्तक 'ग्रिमस' त्यति सफल भएन तर केही आलोचकहरूले त्यस बेलै उनलाई सम्भावना बोकेका लेखका रूपमा देखे। 

रुस्दीले उनको दोस्रो पुस्तक 'मिडनाइट्स चिल्ड्रेन' लेख्न पाँच वर्ष लगाए जुन पुस्तकले सन् १९८१ को बुकर प्राइज जित्यो।

यो त्यसबेला निकै मनपराइयो र ५ लाख प्रति पुस्तक विक्री भयो।

द सेटनिक भर्सेस: जीवन खतरामा पार्ने पुस्तक

उनको जीवन नै खतरामा पार्ने उनको काम अर्थात् द सेटनिक भर्सेस सेप्टेम्बर १९८८ मा छापिएको थियो।

यो पुस्तकप्रति खासगरी मुस्लिमहरूको आपत्ति रह्यो जसले यो पुस्तकको विषयवस्तुलाई धर्म विरोधी माने।

पुस्तक प्रतिबन्ध लगाउने पहिलो मुलुक भारत बन्न पुग्यो।

यो पुस्तकप्रति खासगरी मुस्लिमहरूको आपत्ति रह्यो जसले यो पुस्तकको विषयवस्तुलाई धर्म विरोधी माने।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, 'द सेटनिक भर्सेस'प्रति खासगरी मुस्लिमहरूको आपत्ति रह्यो जसले यो पुस्तकको विषयवस्तुलाई धर्म विरोधी माने।

त्यसपछि पाकिस्तान र अन्य मुस्लिम देशहरू तथा दक्षिण अफ्रिकाले प्रतिबन्ध लगाए।

यो उपन्यासको विभिन्न क्षेत्रमा प्रशंसा भयो र ह्विटब्रेड पुरस्कार प्राप्त गर्‍यो।

तर पुस्तकप्रति आक्रोश बढ्दै गएपछि सडक प्रदर्शनहरू पनि हुन थाले।

केही मुस्लिमहरूले त्यसलाई इस्लामको अपमानका रूपमा लिए।

द सेटनिक भर्सेसमा के छ?

उनीहरूले असहमति जनाएका कैयौँ कुराहरूमध्ये पुस्तकमा रहेका दुईजना यौनकर्मीहरूलाई पैगम्बर मोहम्मदको दुईजना श्रीमतीहरूको नाम दिइनु रहेको छ।

पुस्तकको नाम मोहम्मदले कुरानमा राक्षसबाट प्रभावित भएको ठानेर हटाएका दुई सन्दर्भ (भर्सेस)सँग जोडिएको छ।

रुस्दी

तस्बिर स्रोत, Getty Images

सन् १९८९ को ज्यानुअरीमा ब्राडफर्डमा मुस्लिमहरूले पुस्तकको एउटा प्रति जलाएका थिए। जसपछि न्यूजएजेन्ट्स डब्ल्यूएचस्मिथले उक्त पुस्तक त्यहाँ प्रदर्शनमा राख्न छाड्यो।

रुस्दीले ईशनिन्दाका अभियोगहरूलाई अस्वीकार गरेका छन्।

फेब्रुअरीमा उपमहाद्वीपभर भएका रुस्दीविरोधी दङ्गामा मानिसहरूको मृत्यु भयो।

तेहरानस्थित ब्रिटिश राजदूतावासमा ढुङ्गा प्रहार गरियो र लेखकको टाउकोको मूल्य ३० लाख अमेरिकी डलर तोकियो।

त्यसैबीच यूकेमा केही मुस्लिम नेताहरूले त्यसलाई परिमार्जन गर्न आग्रह गरे भने अन्यले आयतोल्लाहलाई समर्थन गरे।

अमेरिका, फ्रान्स र अन्य पश्चिमा देशहरूले उनलाई दिइएको मृत्युको धम्कीको निन्दा गरे।

आफ्नी श्रीमतीसाथ लुकेर बसेका रुस्दीले त्यसबेलासम्म मुस्लिमहरूलाई पुर्‍याएको चोटका लागि भन्दै गहिरो क्षमायाचना गरे।

तर आयतोल्लाहले लेखकको हत्याको आह्वानलाई जारी राखे।

घातक शृङ्खला

प्रकाशक भाइकिङ पेङ्गविनको लन्डनस्थित कार्यालयहरूमा धर्ना दिइयो र न्यूयोर्क कार्यालयमा हत्याको धम्की पठाइयो।

तर आन्ध्र महासागरको दुवैतर्फ उक्त पुस्तक बेस्टसेलर बन्न पुग्यो।

अतिवादी मुस्लिमको प्रतिक्रियाविरुद्ध भएका प्रदर्शनलाई युरोपेली आर्थिक समुदाय (ईईसी) देशहरूले समर्थन गरे, र ती सबैले अस्थायी रूपमा तेहरानबाट राजदूतहरू फिर्ता बोलाए।

तर यी लेखक किताबको विषय बस्तुलाई लिएर मात्र धम्की खेपेका लेखक होइनन्।

Salman Rushdie holding a copy of Midnight's Childrem
PA Media
अङ्कमा सलमान रुस्दीको जीवन

  • सन् १९४७भारतको बम्बे (हालको मुम्बई)मा जन्म

  • १४सन् १९७५-२०१९ बीचमा लेखिएका उपन्यासको सङ्ख्या, त्यसबाहेक दुई बालबालिकाका लागि

  • बुकर पुरस्कारका लागि मनोनयन, सन् १९८१ को मिडनाइट्स चिल्ड्रेनका लागि विजेता

  • द सेटनिक भर्सेसमा ईशनिन्दा गरेको भन्दै इरानी नेताले हत्याको आदेश दिएपछि लुकेर बसेको वर्ष

  • सन् २००७साहित्यसेवाका लागि ब्रिटिश महारानीको जन्मोत्सवमा नाइट उपाधि

Source: BBC research

द सेटनिक भर्सेसका जापानी अनुवादक युनिभर्सिटी नर्थ इस्ट अफ टोकियोमा सन् १९९१ को जुलाईमा मृत फेला परे।

प्रहरीका अनुसार तुलनात्मक संस्कृतिका एकजना सहायक प्राध्यापकका रूपमा काम गर्ने अनुवादक हितोसी इगारसीलाई कैयौँ पटक छुरा प्रहार गरेर टिसुकाबा युनिभर्सिटीको बाहिरपट्टि छाडिएको थियो।

त्यस महिनाको सुरुमा इटलीका अनुवादक इटोरे क्रपिओलोलाई समेत मिलानस्थित आफ्नै अपार्टमेन्टमा छुरा प्रहार गरिएको थियो तर उनी बाँच्न सफल भए।

पछिल्लो समय

रुस्दी विरुद्धको मृत्युदण्ड आदेशलाई सन् १९९८ मा इरानको सरकारले औपचारिक रूपमा अगाडि बढाउन छोड्यो। तर औपचारिक रूपमा फतवा फिर्ता भने अहिलेसम्म पनि गरिएको छैन।

रुस्दीका पछिल्ला पुस्तकमा बाल उपन्यास पनि छन्: हरुन एन्ड द सी अफ स्टोरीज (१९९०), निबन्धहरू, द मूअर्स लास्ट साइ (१९९५), द ग्राउन्ड बिनिथ हर फिट (१९९९) र फ्यूरी (२००१)। 

उनी 'मिडनाइट्स चिल्ड्रेन'को रङ्गमञ्चीय प्रस्तुति (प्रिमिअर लन्डन २००३) मा आफै संलग्न थिए।

रुस्दी

तस्बिर स्रोत, Getty Images

पछिल्ला दुई दशकमा उनले शालिमार द क्लाउन, द इन्च्यान्ट्रेस अफ फ्लोरेन्स, टु इअर्स एट मन्थ्स एन्ड ट्वेन्टी एट नाइट्स, द गोल्डेन हाउस र किचोट प्रकाशन गरेका थिए।

उनको चार पटक बिहे भएको थियो। उनका दुई सन्तान छन्।

उनी अहिले अमेरिकामा बस्छन् र साहित्य सेवाका लागि ब्रिटिश महारानीबाट दिइने उच्चतम नाइट उपाधिप्राप्त छ।

सन् २०१२ मा उनले द सेटनिक भर्सेसको विवादका सन्दर्भ सहित आफ्नो जीवनको संस्मरण प्रकाशित गरेका थिए।