सन् २०२३ 'अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष'

सन् २०२३ 'अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष'

सन् २०२३ सकिन झन्डै एक महिना बाँकी छ। तर यो वर्ष जलवायुसम्बन्धी अभिलेख राख्न थालिएयताकै सबैभन्दा गर्मी वर्ष बन्ने कुरा लगभग निश्चित रहेको युरोपिअन यूनिअनको जलवायुसम्बन्धी निकाय 'कपर्निकस'ले बताएको छ।

यो भिडिओमा नासाको 'एक्वा स्पेसक्राफ्ट'मा जडित 'एट्मस्फेरिक इन्फ्ररेड साउन्डर' (एआईआरएस)ले सङ्कलन गरेको डेटाअनुसार सन् १८८० को दशकदेखि २०२३ सम्मको पृथ्वीको सतहमा भएको तापक्रम वृद्धिलाई देखाइएको छ।

नासाको 'साइअन्टिफिक भिजूअलाइजेशन स्ट्यूडिओ' र नासाका लागि क्याल्टेकद्वारा व्यवस्थापन गरिएको 'जेट प्रपल्शन लबोरटरी'को सहयोगमा बनाइएको यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।