बास्केटबल खेल्न सिपालु जीव
बास्केटबल खेल्न सिपालु जीव
संयुक्त राज्य अमेरिकाको 'ओरिगन जू'मा त्यहाँका कर्मचारीहरूले एउटी पोथी ओतलाई बास्केटबल खेल्ने तालिम दिएका छन्।
जूनो नामक उक्त नौवर्षे ओतलाई समुद्रबाट उद्धार गरेर उक्त चिडियाखानामा राखिएको हो।
कुहिनाका जोर्नीको व्यायाम गराएर उसलाई बाथ रोगको पीडा कम होस् भनेर केही वर्षअघिदेखि जूनोलाई बास्केटबल खेल्न सिकाइएको हो।
ओत स्तनधारी प्राणी हो। यो प्रायः नदी, जलाशय वा समुद्रको छेउछाउ बस्ने उभयचर जीव हो।
अहिले विश्वभरि १३ प्रजातिका ओत पाइन्छ। तीमध्ये तीन प्रजातिका ओत नेपालमा पनि भएको विज्ञहरू बताउँछन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।










