६ वर्षमा दोस्रो पटक बन्दुक हमलामा परेकी छात्रा जसको पेटमा अझै गोलीका छर्राहरू छन्
संयुक्त राज्य अमेरिकाको रोड आइल्यान्डस्थित ब्राउन यूनिभर्सिटीमा बन्दुक बोकेका एक सन्दिग्ध आक्रमणकारी देखिएको चेतावनी पाउँदा मिआ ट्रेटा छात्रावासमा साथीहरूसँग परीक्षाका लागि तयारी गर्दै थिइन्।
उक्त सूचना पाउँदा अरू विद्यार्थीअरूजस्तै २१ वर्षीया ट्रेटा पनि भयभीत भइन्। तर उनको सन्दर्भमा एउटा भिन्नता थियो - उनी यसअघि पनि एक पटक त्यस्तो घटनामा परिसकेकी थिइन्।
सन् २०१९ मा क्यालिफोर्नियास्थित विद्यालयमा भएको गोलीकाण्डमा पर्दा मिआ ट्रेटा घाइते भएकी थिइन्। उनको पेटमा अझै गोलीका छर्राहरू बाँकी छन्। स्नायुप्रणालीमा परेको प्रभाव कम पार्न र प्वाल परेको कानको जालीको उपचार गर्न उनको कैयौँ पटक शल्यक्रिया भएको थियो।
उक्त घटनाका कारण आफूले सुरक्षा र निर्दोषिताको अनुभूति गुमाएको उनले बीबीसीलाई बताइन्।
"सबै जना तिमीसँग फेरि यस्तो घटना कहिल्यै हुँदैन भन्थे," उनले भनिन्। उनी पनि आफूले फेरि त्यस्तो घटना भोग्नुनपरोस् भनेर कामना गर्थिन्। तर उनी दोस्रो पटक गोलीकाण्डकी साक्षी बनिन्।
ब्राउन यूनिभर्सिटीमा भएको गोलीकाण्डमा परी दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। सन्दिग्ध आक्रमणकारी अझै फेला परिनसकेको अनुसन्धानकर्ताहरूले बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



