तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
‘श्रीमान्ले मेरो ‘मस्कुलर बडी’ देखेर पाखुरामा पिलो हो कि क्या हो भनेर जिस्काउनु हुन्थ्यो'
“हैन छोरा बहुलायो कि क्या हो बुहारीलाई स्टेजमा ‘बिकिनी’मा लगिरहेको छस् , तँ बहुलाइस् कि के हो चाहिँ भन्नुभयो, झपार्नुभयो।”
माथिका भनाइ काठमाण्डूमा हालसालै सम्पन्न ५५ औँ एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा स्वर्ण पदक जितेकी ४१ वर्षीया रजनी श्रेष्ठका हुन्।
सन् २०१६ देखि शारीरिक सुगठनमा लागेकी रजनीले सन् २०१७ मा पहिलो पदक जितेकी थिइन्।
शारीरिक सुगठनमा लागेपछि उनका कुरा काट्नेहरू धेरै थिए।
उनले खासगरी केटी मान्छेलाई केटाको जस्तो शरीर सुहाएन केटी भनेको नरम हुनुपर्छ लचक हुनुपर्छ भन्नेहरू धेरै भएको बताइन्।
“श्रीमान्ले त अब बुझ्नु हुन्छ यो फिटनेस क्षेत्रमा ‘मस्कुलर बडी’ चाहिन्छ भनेर र पनि उहाँले जिस्काउनु हुन्थ्यो घरी घरी पाखुरामा पिलो हो कि क्या हो भनेर छाम्नु हुन्थ्यो सुरु सुरुमा,” उनले हाँस्दै भनिन्।
यो खेलमा उनी कसरी लागिन्, कस्ता कस्ता चुनौती पार गरिन् र घर गृहस्थी कसरी सँगसँगै लगिरहेकी छन्?
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।