राष्ट्रिय च्याम्पियन नबिता श्रेष्ठ: 'आमा भएपछि खेलमा ‘कमब्याक’ गर्न एकदम नै गाह्रो भयो'

टेबल टेनिसमा आठ पटककी राष्ट्रिय च्याम्पियन भइसकेकी नबिता श्रेष्ठको १८ महिनाको बच्चा छ र अहिले उनी राष्ट्रिय खेलको लागि तयारी गर्दै छिन्।

आमा बनेपछि उनी कसरी खेलमा फर्किइन् एवम् व्यवसायिक र व्यक्तिगत जीवनमा सन्तुलन गरिरहेकी छन् त?

"मानसिक रूपमा निकै अब्बल हुनुपर्छ। गरेरै देखाउँछु भनेर अगाडि बढिरहेकी छु। अब त म राष्ट्रिय तहमा प्रतिस्पर्धा गर्न सक्छु किनकि मैले बच्चा र मेरो व्यावसायिक जीवनसँग समायोजन गरिसकेँ।"

"जतिसम्म खेल्छु त्यतिबेलासम्म राष्ट्रिय च्याम्पियन नै भएर बस्न मन छ," श्रेष्ठ भन्छिन्।

सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।