साथीको शव कहिले सुमसुम्याउँदै, कहिले उठाउन खोज्दै पोथी हात्ती
रुस अधीनस्थ क्राइमियामा जेनी र माग्डा नामक दुइटा एशियाली हात्तीलाई धेरै वर्षसम्म सर्कसमा प्रयोग गरिएको थियो। उमेर छिप्पिँदै गएपछि उनीहरूलाई चार वर्षअघि अवकाश दिइयो।
दुवैलाई एउटा वन्यजन्तु निकुञ्जमा स्थानान्तरण गरिएको थियो। तर यी दुई पोथी हात्तीबीच घनिष्ठता रहिरह्यो। उक्त निकुञ्जका अधिकारीहरूका अनुसार तीमध्ये ५४ वर्षे ढोई जेनीको गत साता मृत्यु भयो। ऊ मूत्राशयसम्बन्धी रोगका पीडित थिई।
यो भिडिओमा आफ्नी दौँतरी मरेपछि शोकाकुल माग्डाले गरेको व्यवहार देखिन्छ।
ऊ जेनीको शवनजिकै घण्टौँ बसी। त्यस क्रममा उसले कहिले शव सुमसुम्याएको र कहिले बोक्न खोजे जस्तो गरेको देखिएको थियो।
हेर्नुहोस् यो भिडिओ ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।






