पाँच वर्षपछि फेरि सुरु भयो जङ्गली एशियाली हात्तीको 'सबैभन्दा ठूलो भेला'
श्रीलङ्कामा ठूलो सङ्ख्यामा जङ्गली हात्तीहरू पाँच वर्षपछि फेरि एकै ठाउँमा भेला हुन थालेका छन्।
'द ग्रेट एलिफन्ट ग्यादरिङ' सङ्ज्ञा दिइएको त्यस्तो जमघट एशियामा हुने हात्तीहरूको सबैभन्दा ठूलो भेला भएको विज्ञहरू बताउँछन्।
श्रीलङ्काको मिन्नेरिया राष्ट्रिय निकुञ्जमा अवस्थित एउटा तालको छेउछाउमा भएका घाँसेमैदानमा विचरण गर्न पुग्ने एउटै बथानमा अहिले २०० वटासम्म हात्ती हुन्छन्। त्यहाँ त्यस्ता अनेकौँ बथान छन्।
एउटा नवनिर्मित जलाशयका कारण केही वर्ष उक्त स्थान जलमग्न भएको थियो। अहिले त्यहाँ जाने पानीको निकास बन्द गरिएपछि हात्तीहरू फेरि फर्किन थालेका हुन्।
एशियाली हात्ती भारत, श्रीलङ्का र नेपालसहित एशियाका १३ देशमा पाइन्छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



