जलेको शिरमा पहिलो पटक पूरै कपाल देखेपछि दङ्ग परेका यी बालक
जलेको शिरमा पहिलो पटक पूरै कपाल देखेपछि दङ्ग परेका यी बालक
पहिलो पटक आफ्नो शिर कपालले पूरै ढाकिएको देखेपछि लोरेन्जो दङ्ग परेका छन्। ब्रजिलका यी बालक अहिले दुई वर्षका भए।
उनी तीन महिनाको हुँदा घरमा आगलागी भएको थियो। त्यसमा परेर उनको शिरको आधा भागसहित शरीरका विभिन्न भाग जलेका थिए। तर भाग्यवश ज्यान भने जोगियो।
जलेको अङ्गमा ठूलो खत छ। शिरमा जलेको भागमा कपाल छैन। तर अहिले कृत्रिम कपाल देखेर उनी खुसी छन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



