दक्षिण कोरिया जोड्ने सडक नष्ट गर्न उत्तर कोरियाले गरायो विस्फोटन

भिडिओ क्याप्शन सुरु हुँदैछ, उत्तर कोरिया र दक्षिण कोरिया जोड्ने सडक भत्काउन विस्फोटन
दक्षिण कोरिया जोड्ने सडक नष्ट गर्न उत्तर कोरियाले गरायो विस्फोटन

दक्षिण कोरिया जोड्ने सडकहरू नष्ट गर्न उत्तर कोरियाले विस्फोटन गराएको देखिने भिडिओ दक्षिण कोरियाको राष्ट्रिय प्रतिरक्षा मन्त्रालयले सार्वजनिक गरेको छ।

उत्तर कोरियाले दक्षिण कोरियाबाट आफूलाई "पूरै अलग्ग्याउने" उद्देश्यसहित दुई देशलाई जोड्ने सबै सडक र रेलमार्ग विच्छेद गर्ने घोषणा गरेको थियो। पहिला ती मार्गलाई दुई कोरियाबीचको सहकार्यका प्रतीकका रूपमा लिने गरिन्थ्यो।

उत्तर कोरियाली सेनाले उक्त कदमलाई "युद्ध रोक्नका लागि आत्मरक्षाको उपाय" भनेको छ। उसका अनुसार दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले बारम्बार सैन्य अभ्यास गरेको र अमेरिकाले सो क्षेत्रमा पारमाणविक अस्त्र राखेको हुनाले त्यसो गरेको बताएको छ।

ती विस्फोटन भएपछि दक्षिण कोरियाको सेनाले शक्ति प्रदर्शनक गर्ने सीमावर्ती क्षेत्रमा आफ्नो भूमिपट्टि गोलाबरी गरिएको जनाएको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।